प्रधानमन्त्री प्रचण्ड र नेकपाका महासचिव विप्लवबिच भेटवार्ता

डेली न्युजराप्ती       ७ असार २०८० ११:३२ मा प्रकाशित     336 No Comments

काठमाडौ/ प्रधानमन्त्री तथा नेकपा (माओवादी )केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड )र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो।

भेटवार्ताको क्रममा हालै गठन भएको समाजवादी मोर्चा नेपालको आगामी कार्यक्रम के कस्तो बनाउने भन्ने बारे कुराकानी भएको महासचिव विप्लवको सचिवालयले जानकारी दिएको छ।

असार ४ गते काठमाडौको रास्ट्रीय सभागृहमा एक औपचारिक कार्यक्रम मार्फत समाजवादी मोर्चा नेपालको घोषणा गरिएको थियो।

देशको रास्ट्रीय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक ,राजनीतिक संकटको अग्रगामी निकास एवम् नेपाली मौलिकताको समाजवादी प्रणाली निर्माण गर्ने उदेश्य सहित बनेको समाजवादी मोर्चामा हाल नेपाल कम्युनिस्ट पार्टी,नेकपा माओवादी केन्द्र , एकीकृत समाजबादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सम्मीलित छन भने मुद्दा मिल्ने अन्य राजनीतिक शक्तिहरुलाई समेत मोर्चामा सामेल गर्ने बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टीले बिचार मिल्ने सङ्ग पार्टी एकता र मुद्दा मिल्नेसङ्ग सहकार्य र कार्यगत एकताको नीति अनुसार संयुक्त मोर्चा निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार