काठमाडौ /केन्द्रिय जनपरिषद, नेपालले असार ३० गते बिहान निधन हुनुभएका रोल्पा थवाङ निवासी रेशम कुमार शाहप्रति दुख व्यक्त गरेको छ। उनको निधनले क्रान्तिका लागि एक महत्त्वपूर्ण सिपाही गुमाउने परेको भन्दै आफुहरुलाइ स्तब्ध बनाएको बताएको छ।जनपरिषद नेपाल केन्द्रिय कार्यालयका तर्फबाट सन्तोष सीले आज एक शोक वक्तव्य जारी गर्दै शाहप्रति हार्दिक श्रद्धाञ्जली सहित आफन्तहरूमा समवेदना व्यक्त गरिएको हो।
जनपरिषद नेपालद्वारा जारी शोक वक्तव्यमा -“मिति २०८० असार ३० गते बिहान कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा, समकालिन पूर्व एकीकृत रुकुम जिल्लाका विद्यार्थी नेता, थबाङका पूर्व शिक्षक, कुशल राजनीतिककर्मी, नेपाल कम्युनिस्ट पार्टी थबाङका एक हस्थी, समकालिन चौतर्फी प्रतिभाशाली जनवादी कलाकार, गीत–संगीतका सर्जक, साहित्यकार, आर्टिष्ट, समाजसेवी, शिक्षाप्रेमी र क्रान्तिका उतार चडावहरुमा सधैं क्रान्तिको पक्षमा उभिदै आएको क्रान्तिका एक कुशल सिपाही रेशमकुमार शाह (कमरेड रेकुशा)को दुःखद निधनको खबरले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको छ” भनिएको छ।
त्यस्तै सन्तोष सीद्वारा हस्ताक्षरित वक्तव्यमा-“वहाँको बहुप्रतिभाशाली व्यक्तित्व सर्वसह्रानीय छ । वहाँले आजीवन रोल्पा थबाङमा रहेर क्रान्तिकारी राजनीति गर्नुभयो । वहाँको असामयिक निधनबाट पार्टी र क्रान्तिमा ठूलो क्षति पुग्न गएको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय जनपरिषद नेपाल वहाँको यो असामयिक निधनप्रति गहिरो शोक ब्यक्त गर्दछ र दिवंगत कमरेड रेशमकुमार शाहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र यो शोकको घडीमा वहाँका परिवारजन र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछ ” समेत भनिएको छ।
शोक वक्तव्यको पुर्णपाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.