हेमन्त प्रकाश वली / असार ७ , दाङ ।
दंगिशरण गाउँपालिका – ४ बालुवा टोल निवासी खिम बहादुर वली नेपाली कांग्रेसका क्रीयाशिल सदस्य हुनुहुन्थ्यो जसले लामो समय कांग्रेस पार्टीलाई आदर्श ठान्नुभएको थियो ।
गत जेठ २८ गते तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ३ नं. निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले नेकपामा औपचारिक प्रवेश गर्नुभयो ।
उहाँलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले टीका आवरण सहित पार्टीमा स्वागत गर्नुभएको थियो ।
नेता खिम बहादुरले आफु मात्रै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने कुरा त्यति धेरै अचम्मित पर्ने कुरा हुँदै होइन तर आफू पार्टी प्रवेशको लगत्तै सिंगो बालुवा टोललाई नै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गराउनुभयो ।
असार ६ गते दंगिशरणको मौलीमा नेकपा शान्तिनगर गाउँकमिटीको आयोजनामा पार्टी प्रवेश तथा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही कार्यक्रममा खिम बहादुर वलीको नेतृत्वमा दंगिशरण -४ बालुवा टोलका २४ घरधुरीले नेकपा प्रवेश गरेका थिए ।
बालुवा टोलमा जम्मा २९ घरधुरी रहेका छन् भने २४ घरधुरीले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश वारे संक्षिप्त प्रतिक्रिया दिँदै वलीले भने– ‘ यसमा सजिलो कुरा छ कांग्रेसले जनताको राजनीति गरेन र हामिले कांग्रेस छोड्यौ । कांग्रेस हाम्रो वर्गको पार्टी रहेनछ । हाम्रा दुखकष्टमा साथ दिने पार्टी कांग्रेस होइन । एक हिसाबले भन्ने हो भने कांग्रेस ठेकदार , दलाल र माफियाहरुको पार्टी हो । एकपटक विप्लवले यो देशलाई माथी उठाउछन कि भन्ने आशाले यो पार्टीमा सिंगो टोल आएको छ । हामीलाई देश चाहिएको छ अरु केही चाहिएन । देश बचाउने जिम्मा अब विप्लवको काँधमा छ। अब कांग्रेसलाई धेरै भन्नू छैन् , यतिका वर्ष कांग्रेसलाई हेरियो देश झन कंगाल भयो ।’
सरकार बन्ने र ढल्ने मात्रै भयो।’,उहाँले थप भन्नुभयो , ‘ यो स्थिर सरकार बन्नुको कारण यो व्यवस्थाको दोष हो । संसदीय व्यवस्था अस्थीर राजनीतिक प्रणाली हो भन्ने पुष्ठि बारम्बार भइसकेको छ । त्यसैले अब नेकपाले अघि सारेको नेपाली बिशेषताको समाजवादमा अघि जानुपर्छ। हामीलाई समाजवादको नीति मन परेर पनि नेकपामा जोडिएका हौं । अब विप्लवको नेतृत्व र नेपाली बिशेषताको समाजवादी राज्य यसको विकल्प छैन ।’
पछिल्लो समय दाङमा पुराना पार्टीका मान्यताहरुलाई भत्काउदै नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नेहरुको लहर ह्वात्तै बढेको छ ।
बिशेषत कांग्रेस , एमाले , माओवादी केन्द्र लगाएतका पार्टीका कार्यकर्ताहरु नेकपामा प्रवेश गरिरहेका छन् ।
पार्टीमा प्रवेशको लहरबारे नेकपाले पुराना पार्टीप्रतीको वितृष्णा र नेकपाले अघि सारेको समाजवादी कार्यक्रमको लोकप्रियता भनेर बुझेको बताएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.