काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चर्को विरोधका बिच अमेरिकी सहयोग परियोजना एमसीसी स्थगित भएको छ । एमसीसीको मुख्यालयले फागुन २ गते अर्थमन्त्रालयलाई पठाएको पत्रअनुसार एमसीसी स्थगित भएको हो ।
यो सूचनासँगै एमसीसी परियोजनाको लागत बढ्ने, समयसीमा बढ्ने भएकाले पूर्व सम्झौता कार्यान्वयन हुन नसक्ने भन्दै नेकपाले नयाँ शिराबाट बहस गर्नुपर्ने जनाएको छ । नेकपा स्थायी समिति सदस्य अनिल सीले अमेरिकाले एकलौटी सम्झौता रद्द गरेर नेपालको कमजोर कुटनीतिको पर्दाफास गरेकोले एमसीसीबारे नयाँ शिराबाट बहस हुनुपर्ने बताए ।
एमसीसी पक्षधरहरूले परियोजना स्थगित नहुने दाबि गरिरहेको बेला अमेरिकाले एकतर्फी रुपमा काम–कारवाही रोकेको हो । नेपालको एकतर्फी खर्च भएको रकमको क्षतिपूर्ति कसले गर्ने हो ? भन्ने प्रश्न अनुत्तरित भएको भन्दै नेता अनिल सीले चिन्ता व्यक्त गरेका छन् ।
उनले यसले देशमा पुर्याएको क्षति र अपरिपक्क सम्झौताको दोष एमसीसी पक्षधरहरुले लिनुपर्ने बताएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.