काठमाडौंमा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरि ३३ नेता-कार्यकर्ता नेकपामा प्रवेश

डेली न्युजराप्ती       २५ श्रावण २०८० २३:१० मा प्रकाशित     224 No Comments

रवि लामिछाने अमेरिकाले खडा गरेको पात्र हुन् : मिलन सी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मिलन सीले रबि लामिछाने नेपाली जनताको प्रतिनिधि नभएको बताएका छन् । बिहीबार नेकपा उपत्यका व्युरोले आयोजना गरेको धुर्विकरण कार्यक्रमलाई सम्बोधन गर्दै मिलनले रवि नेपालको राजनीतिक अस्थिरताका कारण पैदा नभई साम्राज्यवादीहरुले नेपालमा आफ्नो प्रभुत्व जमाउन जवरजस्त खडा गरेको साम्राज्यवादी एजेन्ट रहेको बताएका हुन् ।

लामिछाने नेपालका कम्युनिस्ट पार्टी या अन्य पार्टी, अन्य राजनीतिक दलहरुप्रति जनताको वितृष्णाका कारण नभई राम्रज्यवाद, साम्राज्यवाद बिचको अन्तर बिरोधको कारण आफ्नो अन्तरविरोध हाल गर्न र नेपालमा आफ्नो इन्टेन्सन लाद्न खडा गरेको एजेन्ट भएको बताए । उनले भने, ‘पहिलो विश्व युद्ध भयो त्यो कम्युनिस्टका कारणले भएको थिएन । त्यसबाट बरु कम्युनिस्टले फाइदा लिए । दोश्रो विश्वयुद्द भयो त्यो पनि कम्युनिस्टका कारण थिएन, फाइदा कम्युनिस्टले नै लिए ।’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहासम्म आउदा धेरै मुलुकमा समाजवादी व्यवस्था आयो, नेपालमा पनि समाजवाद आउने डरले साम्रज्यवादले योजनवद्ध रुपमा रविलाई तयार पारेको हो ।

नेपालमा अहिले साम्राज्यवादका विरुद्ध विभिन्न पार्टीहरुबिच बनेको समाजवादी मोर्चाको औचित्यलाई प्रस्ट पार्दै उनले अगाडि भने, ‘साम्राज्यवाद विशेषगरी अमेरिका जुन किसिमले नेपालमा आफ्नो एजेन्ट खडा गर्दै हाबी भएको छ । एमसीसी एसपीपी लगायतका योजना सहित नेपाल प्रवेश गरेको छ । यसलाई रोक्न साम्राज्यवादी हस्तक्षेपका बिरुद्धमा लड्न सामाजवादी मोर्चा बनेको हो । यो अग्रपंतिमा रहर लड्ने मोर्चा हो ।’

नेपालका देशभक्त, राष्ट्रवादी, कम्युनिबिचको बलियो समाजवादी शिविर खडा गरेर विश्व साम्राज्यवादको अन्तर बिरोधमाथि आफू हाबि भएर नेपालमा साम्राज्यवादको सम्पूर्ण षड्यन्त्रलाई परास्त पार्दै समाजवादी नेपाल बनाउने अभियानमा नेकपासहित समाजवादी मोर्चा लागेको उनको जिकिर थियो ।

धुब्रिकरण कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज विजय सीले स्वागत गरेका थिए । नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरि नबराज खनालको नेतृत्वमा ३३ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु भृकुटी सी, पाटन सी, चन्द्र सी, विकिरण सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य चिरन सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार