काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई जोडिएको भ्रष्टाचार काण्ड बाहिरिएको छ । पोखरा र भैरहवा विमानस्थल निर्माणका बेला भएको आर्थिक अनियमिततामा ओली र राईसहित अरु पूर्वप्रधानमन्त्रीको नाम जोडिएको छ ।
संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको छानबिन उपसमितिले अध्ययन गर्दा दुई वटा विमानस्थल बनाउँदा प्रधानमन्त्रीहरुकै संलग्नता रहेको पाइएको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको अनियमितताबारे अध्ययन, अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न दुई वटा छुट्टाछुट्टै उपसमिति निर्माण गरेको थियो ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमनका लागि एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको थियो । सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी यसका सदस्य रहेका थिए ।
यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनको नेतृत्वमा उपसमिति गठन गरिएको थियो । जसको सदस्यहरूमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव, रुक्मणि राना र लेखनाथ दाहाल रहेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.