तुलसीपुर , असोज ६ । दाङको तुलसीपुरमा दिनदाहाडै एक ब्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गरि एक महिलाको हत्या गरेका छन् भने आमा छोरा गम्भीर घाइते छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ३९ बर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो सवा दुई बजेतिर घरबाट खुकुरी गरि घरमै बसी रहेकी छिमेकी ४३ बर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरि हत्या गरेका हुन ।
उनको घटनास्थलमै हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ बर्षीया कमला (चन्द्रकुमारी) हमाल र उनका छोरा ४५ बर्षीय बीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।
कमलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ । उनका छोरा बीरबहादुरको भने यो खबर तयार पार्दासम्म तुलसीपुरमै उपचार भइरहेको छ ।
डिएसपी पोखरेलका अनुसार देउता चढेको भन्दै घरबाट खुकुरी लिइ निस्केका टेकबहादुरले गाउँमा जो भेटिन्छ्न उनैमाथि अन्धाधुन्द खुकुरी प्रहार गरेका थिए ।
घटनाका आरोपित टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.