किसानहरु नेकपामा संगठित हुँदै , तुलसीपुर-१९ मा भागिराम सीको नेतृत्वमा किसान संघ गठन

डेली न्युजराप्ती       २९ आश्विन २०८० ०७:२१ मा प्रकाशित     115 No Comments

असोज २९ , तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका का किसानहरु विप्लव सी नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीमा संगठित भएका छन् ।

गत शनिबार तुलसीपुर -१९ बाँसगढीमा भागिराम सीको अध्यक्षतामा संगठनले ११ सदस्यीय टोल इकाइ कमिटी गठन गरेको जनाएको छ ।

उक्त कार्यक्रममा नेकपा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा तुलसीपुर नगर इन्चार्ज भुवन सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्य प्रकृति सी , पार्टीका जिल्ला सदस्य खड्क सी , पार्टीका स्थानीय अगुवा नेता जंगु सी लगाएतको उपस्तिथि थियो ।

संगठनले तुलसीपुर उपमहानगर पालिकाभरी संगठन विस्तार अभियानलाई तिब्रता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार