तुलसीपुरबाट भुकम्प प्रभावितका लागि विप्लव नेकपाले पठायो राहात सामाग्री

डेली न्युजराप्ती       १८ कार्तिक २०८० १६:२५ मा प्रकाशित     235 No Comments

कार्तिक १८ , दाङ । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ अन्तर्गत तुलसीपुरले भुकम्प प्रभावितका लागि राहात सामाग्री पठाएको छ ।

नेकपाले आज तुलसीपुरमा राहात समाग्री संकलन गरि नेकपाका पिबिएम असल सी र पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीलाई भुकम्प प्रभावितका लागि राहात सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

नेकपा पश्चिम दाङले त्रिपाल, कम्बल, म्याटेस, सल, सिरक, डसना, तन्ना, औषधि , लगाउने कपडा लगाएतका राहात सामाग्री भुकम्प पिडितका लागि पार्टीलाई हस्तान्तरण गरिएको नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सीले बताए । साथै  सो पार्टीले सहयोग गर्ने ब्यवसायि, राहात संकलनमा खटिएका पार्टीका कार्यकर्ताहरुलाई विशेष धन्यवाद समेत व्यक्त गरेको छ ।

नेकपाले भुकम्प पीडितका लागि पार्टीले राहात संकलन अभियानलाई जारि राख्ने र यो दुखद घडिमा सबैलाई सहयोगमा मा जुट्न अनुरोध  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार