माओवादी केन्द्रले नेकपासंग माग्यो माफी!

डेली न्युजराप्ती       ६ मंसिर २०८० ०७:३९ मा प्रकाशित     116 No Comments

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माथि काठमाडौको संखरामुलमा नेकपा माओवादी केन्द्र बताउने दुई जना कार्यकर्ताले आक्रमण गरेको घटनाप्रति दुख व्यक्त गर्दै नेकपा माओवादी केन्द्र जिल्ला समिति काठमाडौ आत्मालोचित भएको छ ।

सोमवार दुई पार्टीका नेताहरु बिच भएको छलफल पछि संयुक्त वक्तव्य जारी गरी नेकपा माओवादी केन्द्र आत्मालोचित भएको हो ।विज्ञप्तिमा नेकपा माओवादी केन्द्रले स्थानीय कार्यकर्ताले भूलबस भौतिक आक्रमण गरेको भन्दै आत्मालोचित सहित दुख व्यक्त गरेको हो ।माओवादी केन्द्रले आगामी दिनमा यसप्रकारको घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । विज्ञप्तिमा दुबै पार्टीका नेताहरुले राष्ट्रियता,जनतन्त्र र जनजीविका सवालमा छलफल अनि सहकार्य अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन ।

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट भृकुटी सी र नेकपा माओवादी केन्द्रका तर्फबाट महेश्वर फुयाल (विवेक)ले हस्ताक्षेर गरेका छन ।

गत मंसिर १ गते नेकपाका कार्यकर्ता एमीसीले कव्जा गरेको लप्सीफेदीको जग्गामा सशस्त्र प्रहरी र जनता विच झडप भएको विषयमा बुझन जाँदा माओवादी कार्यकर्ता बताउने दुई जनाले नेकपाका कार्यकर्ता माथि आक्रमण गरी घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार