आईपिएलमा मुम्बईको दोस्रो

डेली न्युजराप्ती       ३० चैत्र २०८० ०७:४२ मा प्रकाशित     56 No Comments

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध सानदार जित दर्ता गरेको छ । यस संस्करणको दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसिबि माथि ७ विकेटको जित दर्ता गरेको हो ।

आरसिबिले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५.३ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

मुम्बईका लागि ओपनर इशन किशनले ३४ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रनको विष्फोटक इनिङ खेले ।

रोहित शर्माले २४ बलमा ३८ रन बनाए भने कप्तान हार्दिक पन्ड्याले ६ बलमा २१ रन बनाए ।

आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रनको विशाल योगफल जोडेको थियो ।

आरसिबिका लागि कप्तान फ्याफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्का सहित ५३ रन जोडे । रजत पतिडरले २६ बलमा ५१ रन बनाए ।

मुम्बईका जसपृत बुम्राह एक्लैले ५ विकेट लिएका थिए भने जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १-१ विकेट लिएका थिए ।

जित पछि मुम्बई ५ खेलमा ४ अंक सहित सातौं स्थानमा छ । आरसिबि भने ६ खेलमा २ अंक सहित नवौं स्थानमा छ ।

आईपिएलमा भोलि हुने एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार