हेमन्त प्रकाश वली ।
बैशाख ३० , दाङ । नेत्रविकम सी ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले पत्रकार सम्मेलन गर्ने भएको छ ।
आइतबार घोराहीमा पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाले जनाएको छ।
पत्रकार सम्मेलनमा सहभागिताका लागि पार्टीले आम सञ्चारकर्मी संघ/संगठनका प्रतिनिधि एवम सञ्चारगृहलाई हार्दिक अपिल समेत गरेको छ ।
नेकपाले पार्टीको तेस्रो ६ महिने आवधिक योजनाको प्रथम पुर्ण बैठकले पार्टीको नयाँ संरचना , राजनीतिक-वैचारिक , सांगठनिक , आर्थिक , संघर्षका विषयहरुमा महत्वपूर्ण निर्णयहरु गरेको जनाएको छ ।
बैठकले जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै दाङका १० वटै पालिकामा नयाँ नेतृत्व समेत चयन गरेको छ ।
साथै बैठकले राजपुरका आगलागी पीडितका लागि श्रम शिविर चलाउने , टरिगाउँ एअरपोर्टको स्तरउन्न्तीको बिषय , गुठि पिडितहरुको आन्दोलन , सहिद महानको शालिक निर्माण गर्ने लगाएतका महत्वपूर्ण निर्णयहरु गरिएको नेकपा दाङका सेक्रेटरी तिलक सीले बताए ।
पार्टीको तेस्रो आवधिक योजना अन्तर्गत दाङ जिल्लाको प्रथम पुर्ण बैठकको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए भने प्रमुख अतिथीको रुपमा पार्टीका पिबिएम शितल सी रहनुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.