आफ्नो जीवन कायम रहेसम्म वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने लक्ष्यमा निरन्तर अगाडि बढ्ने छौं:विप्लव

डेली न्युजराप्ती       ८ जेष्ठ २०७९ ०६:४८ मा प्रकाशित     264 No Comments

बेपत्ता योद्धाहरुको सपनामा निरन्तर अगाडि बढ्न विशेष आह्वान

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो जीवन कायम रहेसम्म नेपाली जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने महान लक्ष्यमा निरन्तर अगाडि बढ्ने दृढ प्रतिज्ञा जाहेर गरेका छन् ।

पार्टीका महासचिव विप्लवले बेपत्ता योद्धा दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपालमा दलाल पूँजीवादी सत्ताको अन्त्य, वैज्ञानिक समाजवाद स्थापना गर्न र स्वाधीन नेपाल निर्माण गर्न चाहने सम्पूर्ण देशभक्त, जनवादी, कम्युनिष्ट नेता–कार्यकर्ताहरुलाई बेपत्ता योद्धाहरुको सपनामा निरन्तर अगाडि बढ्न विशेष आह्वान समेत व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी हजारौं सहिद एवं बेपत्ता योद्धाहरुको सपना पूरा गर्न अर्थात वैज्ञानिक समाजवाद स्थापना गर्न महान एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढिरहेको भन्दै जनताको विजयलाई कसैले रोक्न सक्ने दाबी गरेका छन् ।

महासचिव विप्लवले जनयुद्धका सम्पूर्ण बेपत्ता योद्धाहरुको स्मरण गर्दै उच्च सम्मान प्रकट गरेका छन् । साथै महान सहिद तथा बेपत्ता योद्धाका आदरणीय परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सहिद तथा बेपत्ता योद्धाहरु जसले यही सुनौंलो सपना र आदर्शका लागि आफ्नो जीवन बलिदान गर्नु भएको छ । अपसोच महान बेपत्ता योद्धाहरुको बारेमा बर्षौ बितिसक्दा पनि राज्यले कुनै जवाफ दिन सकेको छैन । हामी दलाल पूँजीवादी सत्ता र संसदीय सरकारलाई तत्काल बेपत्ता योद्धाबारे राज्यको दृष्टिकोण सार्वजनिक गरोस् भन्ने जोडदार माग गर्दछौं ।’

विज्ञप्तिको पूरा पाठ–

आज २०७९ जेष्ठ ७ गते बेपत्ता योद्धा दिवस । हामी यो अवसरमा जनयुद्धका सम्पूर्ण बेपत्ता योद्धाहरुको स्मरण गर्दै उच्च सम्मान प्रकट गर्दछौं । साथै महान सहिद तथा बेपत्ता योद्धाका आदरणीय परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौैँ । नेपाली समाजको रुपान्तरण र राज्यको परिवर्तनको लागि दशकौंदेखि जनक्रान्ति चलिरहेको छ । क्रान्तिकै परिणाम महत्वपूर्ण परिवर्तनहरु पनि हुँदै आएका छन् तर नेपाली श्रमिक जनताको हातमा अझै पनि राज्यसत्ता प्राप्त भएको छैन । नेपालमा यतिबेला दलाल पुँजीवादी सत्ता चलिरहेको छ । दलाल पुँजीवादी सत्ता र जनताको बीचमा मुख्य अन्तरविरोध कायम छ । दलाल पुुँजीवादी सत्ता दिनप्रतिदिन संकटग्रस्त र असफल बन्दै गएको छ जसको कारण नेपाली जनताको जीवन कष्टपूर्ण बन्दै गइरहेको छ । राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा पर्दै गइरहेको छ ।
हामी स्पष्ट गर्न चाहन्छौं, जनताको पूर्ण मुक्ति, राष्ट्रिय स्वाधीनता र समृद्ध नेपालका लागि दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता अपरिहार्य छ । हाम्रा सहिद तथा बेपत्ता योद्धाहरु जसले यही सुनौंलो सपना र आदर्शका लागि आफ्नो जीवन बलिदान गर्नु भएको छ । अपसोच महान बेपत्ता योद्धाहरुको बारेमा बर्षौ बितिसक्दा पनि राज्यले कुनै जवाफ दिन सकेको छैन । हामी दलाल पूँजीवादी सत्ता र संसदीय सरकारलाई तत्काल बेपत्ता योद्धाबारे राज्यको दृष्टिकोण सार्वजनिक गरोस् भन्ने जोडदार माग गर्दछौं ।
हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी हजारौं सहिद एवं बेपत्ता योद्धाहरुको सपना पुरा गर्न अर्थात वैज्ञानिक समाजवाद स्थापना गर्न महान एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढिरहेको छ । हामी आजको विशेष दिनमा आफ्नो जीवन कायम रहेसम्म नेपाली जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने महान लक्ष्यमा निरन्तर अगाडि बढ्ने दृढ प्रतिज्ञा जाहेर गर्दछौं ।
अन्तमा नेपालमा दलाल पूँजीवादी सत्ताको अन्त्य, वैज्ञानिक समाजवाद स्थापना गर्न र स्वाधीन नेपाल निर्माण गर्न चाहने सम्पूर्ण देशभक्त, जनवादी, कम्युनिष्ट नेता–कार्यकर्ताहरुलाई बेपत्ता योद्धाहरुको सपनामा निरन्तर अगाडि बढ्न विशेष आह्वान गर्दछौं । जनताको विजयलाई कसैले रोक्न सक्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार