जेठ ३१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटी वडा नं. १७ को बैठक सम्पन्न भएको छ ।
बिहिवार सम्पन्न बैठकले समाजवादका पक्षमा कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
बैठकले वडामा समाजवादको अपरिहार्यताको बिषयमा राजनीतिक अन्तरक्रियाहरुको आयोजना गर्ने , पार्टीको केन्द्रीय योजनाको मर्म अनुसार संगठन विस्तार अभियान चलाउने , वडा तहमा लघुवित्त , मिटरव्याज , गुण्डागर्दी विरुद्ध संघर्ष चर्काउने , कम्युनिस्टहरुको एकता , सहकार्य र ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको वडा नं.१७ का सेक्रेटरी बम बहादुर सीले जानकारी दिनुभयो ।
बैठकका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही नगर इन्चार्ज विकाश सीले प्रशिक्षणात्मक मन्तव्य राख्दै कम्युनिस्टहरुको एकता , सहकार्य र ध्रुवीकरणले मात्रै अहिलेको संकटबाट देशलाई निकास दिन सकिने बताउनुभयो ।
पार्टीका १७ नं.वडा सेक्रेटरी बम बहादुर सीको अधता एवम सञ्चालनमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही नगर इन्चार्ज विकाश सी , पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सी , पार्टीका जिल्ला कमिटीका सदस्य कमरा सी लगाएतको आतिथ्यता रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.