समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्दै क्रान्ती सम्पन्न गर्न उत्पादनलाई अघि बढायौँ: सन्तोष

डेली न्युजराप्ती       १३ श्रावण २०८१ १५:४५ मा प्रकाशित     134 No Comments

श्रावण १२ , घोराही ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्दै क्रान्ती सम्पन्न गर्न उत्पादनलाई अघि बढाएको बताउनुभएको छ ।
शनिबार घोराही-१६ गरुवागाँउ स्थित सी बहुउद्देश्यीय कृषि फर्मको करिव अढाई बिघा जमिनमा धान रोपाइँको उद्घाटन गर्दै नेता सन्तोषले उक्त कुरा बताउनुभएको हो ।

धान रोपाइँमा उद्घाटन मन्तव्य राख्दै नेता सन्तोषले भन्नुभयो– ‘ हामिले उत्पादनको नीति केवल हामी आत्मनिर्भर हुनलाई मात्र अघि बढाएका होइनौं । हामिले उत्पादन कार्यलाई समाजवादी अर्थतन्त्रको निर्माण गर्दै क्रान्ती सम्पन्न गर्ने उद्देश्यसंग जोडेका हौं । समाजवादका श्रम र उत्पादन अनिवार्य सर्त हो ।’

नेता सन्तोषले लुम्बिनी प्रदेशभरी पार्टीले करिव २५ बिघा क्षेत्रफलको जमिनमा धान रोपाइँ गरिरहेको बताउनुभयो। दाङमा मात्रै पार्टीले करिव १३ बिघा जमिनमा धान खेती गरिरहेको उहाँको भनाइ छ ।

हामिले हाम्रो उत्पादनबाट आयात रोक्ने प्रयास गरेका छौँ, नेता सन्तोषले थप भन्नुभयो , ‘नेपालमा बर्सेनि खर्ब बराबरको खाद्यान्न आयात हुने गरेको छ । हामिले हाम्रो उत्पादनबाट आयात रोक्ने केही हदसम्म प्रयास गरिरहदा यहाँका श्रमजीवी जनता खुशी छन् भने केही दलालहरुलाई मन परेको छैन् । क। जे सुकै होस हामी हाम्रो उत्पादनको नीति रोक्दैनौ , अझै भनौ हामी हाम्रो उत्पादन अब पुजिपतीसंग प्रतिस्पर्धा गर्ने सोचमा छौँ ।’

हामी नेताकार्यकर्ता र पार्टी दलालमा परिणत नहोस भनेर पनि उत्पादनको नीति लिएका छौँ , नेता सन्तोषले थप्नुभयो , ‘ यो उत्पादन केवल हामिले आफुलाई आत्मनिर्भर बनाउन मात्रै होइन , यसको दुरगामी महत्व र दृष्टिकोण छ । पहिलो कुरा उत्पादनबाट तत्कालिक हिसाबले पार्टी र नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउने कुरा छ । दोस्रो हाम्रो पार्टी र हामी आत्मनिर्भर भयौं भने हामी कुनैपनी पुजिपती वर्गको अगाडि हात पसार्नु पर्दैन्।हाम्रो पार्टी , हामी नेताकार्यकर्ता अरु पार्टी जस्तो दलालमा परिणत भएजस्तै हामी दलालमा परिणत हुनेछैनौँ । दलालमा जाने त्यो परिणतिबाट पार्टीलाई जोगाउनको निम्ति र क्रान्तिलाई जोगाउनको निम्ति पार्टीले यो नीति लिएको छ । यो नितिले नै अन्तिममा क्रान्ती सम्पन्न गर्नेछ भन्ने पार्टीको ठहर छ । यदि हामी कसैको अगाडि झुक्दैनौ भने , कसैको अगाडि करकापमा पर्दैनौ भने कसैको अगाडि राजनीतिक रुपले झुक्नु पर्ने बाध्यता पनि हुँदैन । राजनीतिक रुपले कसैसंग झुक्नु परेन भने आफ्नो वर्गको निम्ति , जनताको निम्ति लड्ने नैतिक बल प्राप्त हुन्छ । उत्पादनबाट क्रान्ती सम्पन्न गर्ने मुल लक्ष्य राखेका छौँ।’

नेता सन्तोषले नेकपाले यो देशलाई संसदीय व्यवस्थाबाट मुक्त गरेर समाजवादी मुलुकमा रुपान्तरण गर्न चाहेको समेत बताउनुभएको हो ।

धान रोपाइँको उद्घाटन कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी तिलक सीले गर्नुभएको थियो भने कृषी फर्मको बारेमा संक्षिप्त प्रतिक्रिया पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले राख्नुभएको थियो ।

यस्तै नेकपाको आग्रहमा पार्टीको घोराही उत्पादन केन्द्रको धान रोपाइँको अवलोकन गर्न पुगेका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती(बसन्त)लाई पार्टीका नेताकार्यकर्ताले स्वागत गरेका थिए ।

नेकपाको उत्पादन केन्द्रमा पुगेका प्रदेश सभामुख घर्तीले पुष्पगुच्छा स्वीकार गर्दै नेताकार्यकर्ताको उत्साह , जाँगर , विचार , प्रतिबद्धता देखेर आफू खुशी भएको प्रतिक्रिया दिनुभएको थियो ।

धान रोपाइँमा पार्टीका केन्द्रीय सदस्य सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम २ नं.निर्वाचन क्षेत्र इन्चार्ज पाटन जंगली सी , पार्टीका केन्द्रीय सदस्य एवम १ नं.निर्वाचन क्षेत्र इन्चार्ज विक्रम सी , पार्टीका केन्द्रीय सदस्य एवम ३ नं.निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य विकाश सी एवम पार्टी निकट जवस/मोर्चा केन्द्रीय एवम जिल्लाका नेताकार्यकर्ता तथा आम पार्टी कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो ।

नेकपा दाङले यो वर्ष जिल्लालाई तिनवटा उत्पादन केन्द्र बनाएर करिव १३ बिघामा जमिनमा धान खेती गरिरहेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार