जनपत्रकार संगठन नेपाल दाङद्वारा पत्रकार महांसघलाई ५ बुदे ज्ञापनपत्र पेश

डेली न्युजराप्ती       ५ माघ २०७८ १४:०७ मा प्रकाशित     579 No Comments


न्यूजराप्ती,माघ ५। जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङले नेपाल पत्रकार महासंघ दाङ शाखालाइ ज्ञापनपत्र बुझाएको छ।
मंगलबार महासंघको कार्यालयमा सो संगठनका जिल्ला अध्यक्ष सहितका नेताहरु पुगि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसिलाई ज्ञापनपत्र बुझाएका हुन।

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित अनुशासित र जिम्मेवार बनाउन संगठनद्वारा विभिन्न सुझाव सहित ज्ञापनपत्र पेश गरिएको छ।

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक,पेशागत तथा भौतिक सुरक्षा र स्थायीत्वलाई सुनिस्चित गर्न पहल गर्नुपर्ने, कोभिड-१९ का कारण रोजगार गुमाएका संचारकर्मीको पुनर्स्थापन , राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नुपर्ने साथै कोभिड-१९ को तेस्रो लहरको संक्रमण दिनानुदिन बढिरहेकाले संचारकर्मीहरुको प्रभावकारी परिक्षण,संक्रमित संचारकर्मीहरुको उचित उपचारको व्यवस्थापन र कोभिड-१९ विरुद्धको खोप आम संचारकर्मीको पहुँचमा पुर्याउनुपर्ने,समानुपातिक बिज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न पहल गर्नुपर्ने,महासंघको सदस्यता प्राप्त गर्ने सन्दर्भमा देखिएका समस्याहरु हल गर्नुपर्ने, पत्रकारहरुलाइ सहज र निस्पक्ष रुपमा सदस्यता प्राप्त हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने,पत्रकारिता गरिरहेका पत्रकारहरुको वृद्धि विकास र क्षमता अभिबृद्धीका लागि तालिम र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने लगाएतका सुझाव सहितको ज्ञापनपत्र पेश गरिएको हो। ज्ञापनपत्रका विषयमा बोल्दै महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसिले संगठनद्वारा विभिन्न सुझावसहितका मागहरुप्रती महासंघ सकारात्मक रहेको बताउनुभयो। उहाले आगामी दिनमा महासंघले संगठनसंग समन्वय गर्दै पत्रकारहरुको हकहित र अधिकार प्राप्तिका लागि हातेमालो गर्दै अघि बढ्ने समेत बताउनुभएको थियो।
ज्ञापनपत्रको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार