भदौ १८ , दाङ ।
विश्वकप लिग–२ को तयारीका लागि नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्न श्रीलङ्का भ्रमणमा छ ।
नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग आज पहिलो एकदिवसीय अभ्यास खेल खेल्ने छ ।
नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग जम्मा तीन एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
नेपाल र श्रीलङ्का डेभलपमेन्टबीचको पहिलो खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ । दोस्रो अभ्यास खेल भोलि हुनेछ । यस्तै, तेस्रो तथा अन्तिम खेल शुक्रबार हुने तालिका छ ।
श्रीलङ्का भ्रमणपछि नेपाली टोली आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा सहभागी हुनेछ । यो श्रृङ्खलामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
श्रीलङ्का भ्रमणपछि नेपाली टोली आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा सहभागी हुनेछ । यो श्रृङ्खलामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानडाको श्रृङ्खला समाप्त भएपछि, नेपाली टोलीले अक्टोबरमा अमेरिकामा अर्को त्रिदेशीय श्रृङ्खला खेल्ने छ । यस श्रृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
लिग–२ मा हालसम्म नेपालले चार खेल खेलेको छ, जसमा नेपाल दुई अंकसहित सातौं स्थानमा छ । यस प्रतियोगितामा नेदरल्याण्ड्स ८ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.