असोज १८,दाङ ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भोलि तुलसीपुरमा हुने भएको छ ।
शनिबार तुलसीपुर-५ स्थित संस्थाको केन्द्रीय कार्यालय प्राङ्गणमा साधारणसभा हुनेछ ।
संस्थाको वार्षिक साधारणसभामा उपस्थितिका लागि सम्पुर्ण शेयर सदस्यहरुलाई निमन्त्रणा गरिएको संस्थाका सचिव रै बहादुर बस्नेतले जानकारी दिएका छन् ।
वार्षिक साधारणसभामा वार्षिक प्रगती प्रतिवेदन , आगामी नीति तथा योजना , लेखापरीक्षण तथा नीति कार्यक्रम प्रतिवेदन , बिबिध नीति तथा कार्यबिधी , सहकारी एग्रो टुरिजम लगाएतका प्रस्तावहरुमा छलफल गरिने संस्थाका अध्यक्ष प्रदिप बहादुर वलीले जानकारी दिएका छन् ।
साधारणसभा ठिक ११ बजेदेखी सुरु हुने जनाइएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.