कार्तिक १३,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य शितल सीले पार्टीका पुर्व केन्द्रिय सदस्य डिल्लीराज शर्मा(विश्व)का ८४ वर्षीय वुवा रिषिश्वर उपाध्यायको यहि कार्तिक८ गते भएको निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन ।
नेता शितल सी आज विहान दिवंगत रिषिश्वर उपाध्यायको घरमा पुगि मृतक बुवाप्रती श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रती गहिरो समबेदना प्रकट गरेका हुन ।
उनले उपाध्यायको निधनले समस्त पार्टीपंक्ति मर्माहत भएको बताए। दिवंगत रिषिश्वर उपाध्यायप्रती श्रद्धाञ्जली व्यक्त गर्न तथा परिवारजनमा समवेदना प्रकट गर्न नेकपाका केन्द्रीय सदस्य प्रदिप सी , केन्द्रीय प्रतिनिधि सदस्यहरु विकाश सी , तिलक सी , नेकपा दाङका सचिवालय सदस्य सुधार सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम कर्णाली प्रदेश इन्चार्ज संजय सी लगाएतका नेता-कार्यकर्ताहरुको उपस्थित थिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निवासी रिषिश्वर शर्माका तिन भाई छोरा र दुइ बहिनि छोरी गरि ५ जना सन्तान छन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.