जेष्ठ ८ , तुलसीपुर । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा सुचना तथा सञ्चार क्षेत्रमा गरेको बजेट विनियोजनप्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका प्रदेश संयोजक राजेन्द्र रावत क्षत्रीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको बताउनुभएको हो ।
बिज्ञप्तिमा प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीका प्रेस संयाेजक सम्बद्ध दैनिक पत्रिकालाई १० लाख रूपैयाँ , अर्थमन्त्रालयको प्रेस संयोजक हेर्ने जिम्मा पाएका व्यक्ती सम्बद्ध साप्ताहिक पत्रिका र अनलाइनलाई तीन ओटा शीर्षकमा गरि २५ लाख रुपैयाँ र अघिल्लो सरकारका मुख्यमन्त्रीका प्रेस संयोजक सम्बद्ध रेडियोलाई १५ लाख रुपैयाँ लगाएत अन्य आफ्ना आसेपासे पोस्ने बजेट विनियोजन गरिनुले प्रदेश सरकारद्वारा सत्ता र शक्तिको चरम दुरुपयोग भएको पुष्ठि भएको बताइएको छ ।
यस्तै बिज्ञप्तिमा प्रदेश सरकारले सुचना तथा सञ्चार क्षेत्र , सम्पुर्ण मिडियाको सवलिकरण एवम आम मिडियाकर्मी/सञ्चारकर्मीहरुको क्षमता अभिबृद्दीका लागि बजेट विनियोजन गर्नु अत्यन्त सकारात्मक भएको तर प्रदेश सरकारले चालू आर्थिक वर्षमा गरेको बजेट विनियोजनमा सत्ता र शक्तीको चरम दुरुपयोग भएको प्रमाणित भएको स्पष्ट पारेको छ ।
यसभन्दा अघिल्लो पटकको सरकारको पालामा पनि मुख्यमन्त्रीका प्रेस संयोजक सम्बद्ध मिडिया रोल्पा समाचारलाइ लाखौं बजेट विनियोजन गरिएको सर्वविदितै छ । तसर्थ सत्ता र शक्ति चरम दुरुपयोग गर्दै केही सिमित व्यक्तिले चलाएका सञ्चारमाध्यमहरुलाइ लाखौं बजेट विनियोजन गरिनु नितिगत भ्रष्टाचार हो । प्रदेश सरकारले मुख्यन्त्री र अर्थमन्त्रीका सचिवालयका मिडियालाई विनियोजन गरिएको लाखौं बजेट संशोधन गरि आम सञ्चार माध्यमको सवलिकरण , सञ्चारकर्मिहरुको क्षमता अभिबृद्दीका लागि समानुपातिक ढंगले बजेट विनियोजन गर्न जोडदार माग गर्दछौं , बिज्ञप्तिमा भनिएको छ ।’
बिज्ञप्तिमा संगठनको आग्रहलाइ बेवास्ता गरि तत्काल विनियोजित बजेट नसच्याए संघर्षमा जान वाध्य हुने साथै प्रदेश सरकारको यस प्रकारको गलत निर्णयका विरुद्ध ऐक्यबद्धता जनाउन नेपाल पत्रकार महासंघ लगाएत जिल्लामा कृयासिल सबै पत्रकार संगठनहरुलाइ हार्दिक अपिल समेत गरिएको छ ।
आफ्ना प्रेस सल्लाहकार र आफू निकट निजी मिडिया हाउस पोस्न झन्डै १ करोड ४९ लाख बराबरको बजेट बिनियोजन गरिएको छ।
यस्तो छ विवरण:
✅आर्थिक मामिला मन्त्री मास्कीका प्रेस संयोजक बोहराको विभिन्न मिडियालाई २५ लाख रुपैयाँ विनियोजन।
✅मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराई सम्पादक रहेको मिडियालाई १० लाख रुपैयाँ विनियोजन।
✅अघिल्लो सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्मा सञ्चालक रहेको रोल्पाको रेडियो जलजलालाई १५ लाख रुपैयाँ।
✅कोहलपुरमा रहेको निजी रेडियो मिसनको लागि ४ लाख रुपैयाँ विनियोजन।
✅सञ्चालनमै नआएको बुटवलको सिग्नल मिडिया नेटवर्क प्रालिलाई ५ लाख रुपैयाँ बजेट विनियोजन।
✅रोल्पाको रुन्टीगढीमा रहेको रेडियो सूर्यमुखीका लागि १० लाख बजेट विनियोजन
✅कपिलवस्तुको रेडियो बुद्ध आवाज, मायादेवी, वाणगंगा, हर्टविट र बुद्धआवाज पत्रिकालाई उपकरण खरिदको लागि भन्दै १० लाख रुपैयाँ विनियोजन।
✅बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित मानव अधिकार सूचना तथा सञ्चार केन्द्रलाई कुनै पनि शीर्षक नराखी १० लाख रुपैयाँ विनियोजन।
✅सञ्चार माध्यमको उपकरण खरिदका लागि भन्दै एकमुष्ट ५० लाख रुपैयाँ विनियोजन।
✅ नेपाल मिडिया नेटवर्कका लागि १० लाख बजेट विनियोजन
यस्तो छ जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशद्वारा जारी बिज्ञप्तिको पुरापाठ :
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.