नेकपाका महासचिव विप्लव रोल्पा जाने

डेली न्युजराप्ती       २ फाल्गुन २०८१ ११:१८ मा प्रकाशित     116 No Comments

फागुन २,दाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी रोल्पा जाने भएका छन् ।

रोल्पाको परिवर्तन गाउपालिका बागमारामा निर्माण गरिएको रोल्पा नमुना क्याम्पसको उद्घाटन गर्न फागुन ३ गते रोल्पा जान लागेको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी पृथ्वी सीले जानकारी दिए । पृथ्वी सीले उक्त उद्घाटन समारोहमा उपस्थितिका लागि शिक्षक, बुद्धिजीवी, राजनीतिक दल र समुदायलाई अनुरोध गरेका छन् ।

उक्त नमुना क्याम्पस जनस्तरबाट संचालित भएको जनाईएको छ ।

फागुन ५ गते गंगादेव जाने

त्यसैगरि फागुन ५ गते महासचिव विप्लव सीले गंगादेव गाउँपालिका २ सुखाओढारमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रिय सदस्य तथा गंगादेव गाउँसमिति इन्चार्ज आक्रोश सीले जानकारी दिए। उनका अनुसार विहान ७:३० देखि ८:३० सम्म शिक्षकसंग र ८:३० देखि ९:३० सम्म पालिकाका कर्मचारीहरुसंग विप्लवले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ भने १०:०० बजे देखि ३:०० बजेसम्म जनसभा हुने भएको छ ।

जनसभामा सामाना सांस्कृतिक परिवार गंगादेवको प्रस्तुतिका साथै विभिन्न आमा समुह र लहरे समूहरुको झाँकी प्रस्तुत हुने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार