युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न,अध्यक्षमा पाटन

डेली न्युजराप्ती       १५ कार्तिक २०७८ २२:२८ मा प्रकाशित     1087 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ।
१४ र १५ गते दुइदिन सम्म तुलसीपुरमा चलेको सम्मेलनले पाटन जंगलीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिती निर्वाचित गरेको छ जसको उपाध्यक्षमा दिनेश,महासचिवमा बिदुसी,सचिवमा तिलक र कोषाध्यक्षमा बिस्लेसन रहेका छन भने सदस्यहरुमा दिप,श्याम,बिरेन्द्र बिक,भुवन कुवर,इन्द्र,नेत्र,राम,प्रविन,बिचारमान,सुवास,भरत पुलामी,अजय श्रेष्ठ,महेन्द्र सुनार,कृष्ण बहादुर श्रेष्ठ,जीवन तामाङ,राजकुमार पुतवार,धन बहादुर श्रेष्ठ,शंकर भुजेल,किरण अर्याल,निरज शाह,मदन गजमेर,कबिराज यमजुङ,बिधुर शेर्पा,हर्क लिम्बू,आकाश श्रेष्ठ,सन्दिप बिक,तेज लामा,मोहन कुमार राम,प्राण कुमार लामा,अबिनाश,बादल,लिला शारु मगर,सन्तोष सुवेदी,खड्क सिंह,गोबिन्द चन्द्र,आशिष थापा,दिपक बुढाथोकी,प्रेरणा रोकाय,तिलक पौडेल,गोबिन्द बुढा,मिनेश एडि,शागर शाही,कल्पना मल्ल,मनोज परियार,हरि बस्नेत,जिवनी चौधरी,बिबेक विक,प्रकाश गिरि,डिल्ली रमण वली,मनमोहन जोशी,लोकेश धामी,हर्क बहादुर कुंवर,सुशील साउद,कविता कार्की,मकर गुरुङ,प्रमोद सिंह,प्रशान्त,बसन्त,साबित्रा अधिकारी,जस्मान निर्वाचित भएका हुन।

सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथी नेकपाका महासचिव विप्लवले विश्वभरी संसदीय व्यवस्था चरम संकटमा पुगेको भन्दै संकट समाधानको निर्विकल्प बाटो जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद भएको जिकिर गर्नुभयो।

विप्लवले सरकार र आफ्नो पार्टीबिच भएको तिन बुदे सहमती अक्षरंस लागू नगरे चरणबद्ध संघर्ष गर्ने उद्घोष गर्नुभयो। नेता विप्लवले आफुहरु संग हतियार नभएको समेत बताउनुभयो। उहाले भन्नुभयो,”हामिसंग हतियार छैन,कहाँ छ हतियार हामिसंग? आशंकामा बोल्न मिल्छ विप्लवले भन्नुभयो।
विप्लवले आफुहरु सासंद मन्त्री बन्न नचाहेको बरु नेपाली जनतालाइ मुक्त गर्न चाहेको बताउनुभयो। तिन बुदे सहमती एकीकृत जनक्रान्तीको विजयको कारणले भएको भन्दै कोहि दलालहरु संग झुकेर सहमतीमा गएको भन्ने कुतर्क गर्नेहरु प्रतिक्रियावादीहरुको कुतर्क भएको बताउनुभयो। नेपालमा युवाहरु लड्न नसकेको होइन बरु नेताहरुले खुट्टा कमाएका हुन, विप्लवले भन्नुभयो। बिज्ञान र प्रबिधिलाइ क्रान्तिको हतियार बनाउन सकिने भन्दै एकीकृत जनक्रान्तीको कार्यदिशा क्रान्तिको बिज्ञान भएको विप्लवको भनाइ थियो। शरिरमा गोलि बोकेर जनमुक्ति सेनाहरु बिदेशी मरुभूमिमा प्रचण्ड बाबुरामको गद्दारीका कारणले जान बाध्य भएको दाबी गर्नुभयो।एउटा सुन्दर सपना देखाएर युवाहरुलाइ आन्दोलनमा होमेर जनता र युवाहरुलाइ सडकमै छोडेर प्रचण्ड बाबुरामहरु पुजीवादका ठेकदार भएको विप्लवको जिकिर थियो। समाजमा युवाहरुलाइ लागुऔसधमा लठ्ठ वनाएर दलाल सत्ताका प्रतिनिधिहरुले सम्भाबित सचेत बिद्रोह रोक्ने र समाजमा अपराधी उत्पादन गरिरहेको विप्लवको भनाइ थियो।
विप्लवले केही अवसरवादिहरुले कम्युनिस्ट आन्दोलनका लाखौ युवाहरुको व्यापार गरेको बताउनुभयो। युवा भनेको आट,शाहस,बिद्रोह र रुपान्तरण हो,विप्लवले भन्नुभयो।
विप्लवले चौथो राष्ट्रिय सम्मेलनबाट जुझारु,सक्रीय र बर्गप्रती वफादार संगठन निर्माण गर्न शुभकामना व्यक्त गर्नुभएको थियो।

चौथो राष्ट्रिय सम्मेलनमा मन्तव्य राख्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख शुदर्शनले पुरानो आदतको सत्ता ढालेर नया विचार र संस्कृती निर्माण गर्नुपर्ने धारणा राख्नुभयो। नेता शुदर्शनले नेपालमा केही कम्युनिस्ट नामका नामधारीले मन्दिर बनाउन थालेको भैंसी पुजा गर्न थालेको भन्दै कम्युनिस्टहरुको आधारभुत मूल्य मान्यताबाट पतित भएको समेत बताउनुभयो। उहाले आफुहरुले एकीकृत जनक्रान्ती सफल गरेरै छाड्ने साथै जनताको न्यायपुर्ण आन्दोलनमा दमन गर्न खोजे परिणाम भयानक हुने उद्घोष गर्नुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै पार्टी केन्द्रीय सचिवालय सदस्य विषमले युवाहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा अनवरत संघर्ष गर्नुपर्ने बताउनुभयो।उहाले अहिले नेपालका दलालहरु एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्न कम्मर कसिरहेका बेला युवाहरुले संघर्षको मैदानबाट बिदेशी दलालहरुलाइ लखेट्नु पर्ने धारणा राख्नुभयो।
कार्यक्रममा युवा संगठन नेपालका फ्याक्सन इन्चार्ज तथा पार्टी केन्द्रीय समिती सदस्य कृति,पार्टीका केन्द्रीय सदस्यहरु शितल,असल,सबिन,बेपत्ता योद्धा समाजका केन्द्रिय अध्यक्ष सुन्दर,जनसांस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष आरोहको आतिथ्य रहेको थियो।

नबनिर्वाचित समितिलाइ बधाई मन्तव्य नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले राख्नुभएको थियो। ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनबाट संगठनले तिन जना कमरेडहरुलाइ बिदाइ गरेको छ। चौथो राष्ट्रिय सम्मेलन आयोजक समितीका सदस्यहरु सागर,सन्जीव र चट्टानलाइ सम्मान पत्र सहित बिदाइ गरिएको हो।
संगठनको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको बन्द सत्रमा केन्द्रीय सामना सांस्कृतिक परिवारले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थियो। बन्द सत्र कार्यक्रमको सहजीकरण संगठनका पुर्व महासचिव तथा चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संंयोजक सागरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार