काठमाडौँ । भेनेजुएलामा सरकारविरुद्ध प्रदर्शन चर्किएको छ। सरकारविरुद्ध प्रदर्शनका क्रममा विपक्षी दलका नेता पक्राउ परेका छन् । राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गर्न विपक्षी दलका नेता मारिया मचाडोको नेतृत्वमा गरिएको प्रदर्शनका क्रममा मचाडो पक्राउ परेका हुन् । भेनेजुएलका राष्ट्रपति मादुरोले तेश्रो कार्यकालको शपथ लिनु एक दिनअघि राष्ट्रपतिविरुद्ध प्रर्दशन चर्केको हो । राजधानी काराकासमा भेला भएका हजारौ प्रदर्शनकारीहरुले राष्ट्रपति मादुरोप्रति असन्तुष्टी जनाउँदै राजीनामा माग गरेका छन् ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनका क्रममा प्रर्दशनकारीहरुले ठाउँ ठाउँमा आगजनी गरेपछि प्रहरीसँग दोहोरो भिडन्त भएको हो । भेनेजुएलाका विपक्षी नेता मचाडो पहिलोपटक सार्वजनिक भएको प्रदर्शनका क्रममा गोली प्रहार गरेको आरोपमा पक्राउ गरिएको सरकारले जनाएको छ ।
प्रदर्शनको नेतृत्वकर्ता पक्राउ परेपछि दर्शनकारीहरु थप आक्रोशित बनेका छन् । उनीहरुले राष्ट्रपतिले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने चेतावनीसमेत दिएका छन्।
प्रदर्शनका कारण भेनेजुएलाको जनजीवन अस्तव्यस्त बनेको छ भने दुई हजार प्रदर्शनकारी पक्राउ परेका छन् । भेनेजुएलामा विश्वले एडमंडो गोन्जालेजलाई वैध राष्ट्रपतिको मान्यता दिएकै बेला जबर्जस्ती मादुरो राष्ट्रपति बनेको भन्दै विरोध भएको हो । – एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.