यू–१९ महिला विश्वकप:ब्याटिङ नचल्दा पहिलो खेलमा बंगलादेशसँग नेपाल पराजित

डेली न्युजराप्ती       ५ माघ २०८१ २१:३० मा प्रकाशित     552 No Comments

काठमाडौं । आईसीसी यू–१९ टी२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाको बाङ्गीस्थित युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा ५२ रनमै अलआउट भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार