तुलसीपुर,८ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । तुलसीपुरका १९ वटै वडाका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि हुनेछन् ।
सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो । वडाले युथ्स अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै सर्वोत्कृष्ट एक जना खेलाडीले नगद ८ हजार, उत्कृष्ट गोल्किपर १ जनाले नगद ५ हजार, सर्वाधिक गोलकर्ता १ जनाले नगद ५ हजार, उत्कृष्ट गोल रक्षक १ जनाले ५ हजार, उत्कष्ट मध्यपंक्ति खेलाडी १ जनाले ५ हजार, उत्कृष्ट प्रशिक्षक १ जनाले ५ हजार र म्यान अफ दि म्याच प्रति खेल एक जनाले नगद १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खेल नकआउट चरणका आधारमा खेलाइने भएको छ । प्रतियोगिता संचालनका लागि १६ लाख बढी खर्च अनुमान गरिएको वडाध्यक्ष दुजमान भण्डारी(बर्षात)ले बताए ।
खेलकूद क्षेत्र भनेको राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले पनि खेलको विकासकालागि यस्तो कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष भण्डारीको भनाई छ ।
साथै वडाबाट आउने खेलाडीहरु वडा भित्रकै हुनुपर्ने बताए । पुस मसान्तसम्ममा बसाइसराई गरेर आएकाहरुलाई वडाको मान्यता दिएर खेलाडीलाई समावेश गरिने उनको भनाई छ । यदि बाहिरबाट खेलाडी ल्याएको थाहा भएमा वडाको टिमलाई नै रद्द गर्ने तथा जरिवाना गर्ने समेत निर्णय गरेको अध्यक्ष भण्डारीले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.