असार २०,हापुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरु दिवंगत कलादेवी पाण्डेका परिवारप्रति समवेदना व्यक्त गर्न घरमै पुगेका छन् ।
शुक्रबार घोराही-१२ हापुर स्थित दिवंगत आमा कलादेवी पाण्डेका छोरा नवराज पाण्डेको निवासमा पुगेर मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्तजन तथा इष्टमित्रहरुमा नेताहरुले समवेदना प्रकट गरेका हुन् ।
दिवंगत आमा कलादेवी पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न तथा परिवारजनमा समवेदना प्रकट गर्न नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सी , पार्टीका केन्द्रीय सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज पाटन सी , पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराहीका सेक्रेटरी महान सी , पार्टीका जिल्ला सदस्यहरु हरी सी , विजय सी लगाएतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
दिवंगत आमा कलादेवी पाण्डे नेकपाका दाङ जिल्ला सल्लाहकार समितिका सदस्य नवराज पाण्डेकि ममतामयी आमा हुनुहुन्थ्यो ।
उहाँ लामोसमयदेखि क्यान्सर जस्तो प्राणघातक रोगसंग लोड्दालड्दै यहि असार १५ गते ८२ वर्षको उमेरमा मृत्युवरण गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी दाङले यसअघि १८ गते नै मृतक आमाप्रति एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै आमाप्रति भावपुर्ण श्रद्धाञ्जली , परिवारजन , आफन्तजन तथा शोकको पिडामा रहनुभएका आम इष्टमित्रहरुमा गहिरो समवेदना व्यक्त गरेको थियो ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले पार्टीका इमानदार कार्यकर्ताको दुखमा सहभागी हुन् पार्टीका नेताकार्यकर्ता शोकमा सहभागी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हामी यहाँ दुख साट्न आएका हौं । नवराज पाण्डे हाम्रो पार्टीका इमानदार कार्यकर्ता हुनुहुन्छ। मुलुक र जनताको पक्षमा निरन्तर लड्ने योद्धाहरु जन्माउने आमाप्रति श्रद्धाञ्जली अर्पण गर्न आएका हौं ।’
फोटोफिचर:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.