आमा झुपी चौधरीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

डेली न्युजराप्ती       ६ श्रावण २०८२ २०:२७ मा प्रकाशित     190 No Comments

हेमन्तप्रकाश वली ।
असार ५,तुलसीपुर ।
जनपत्रकार संगठन, नेपालका केन्द्रीय उपाध्यक्ष जानकी चौधरीकि ममतामयी आमा झुपी चौधरीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार दिवंगत आमा झुपी चौधरीको तुलसीपुर-८ कटकुईयाँ स्थित आँफ्नै निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सी (विषम)ले आमा झुपी चौधरीप्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन एवम आफन्तजनहरुमा पार्टीको तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको थियो।

उहाँले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै भन्नुभयो – ‘जन्मपछि मृत्यु अनिवार्य कुरा हो तर यो संस्कारलाई कसरी मनाउने भन्ने मुख्य कुरा हो । हाम्रो पार्टीले मृत्यु संस्कारलाई सरल , सहज र वैज्ञानिक बनाएको छ । मृत्यु संस्कारलाई बोझ र झण्झटिलो बनाउनु हुदैन् । हामिले मृत्यु संस्कारलाई पाँच दिनमा सक्ने निति वनाएका छौँ । हामिले कम्युनिस्ट आन्दोलनमा नयाँ कम्युनिस्ट जाती ‘सी’ र यसको सांस्कृतिक संस्कार ‘सी संस्कार’ बनाएका छौँ । सी संस्कार नै अहिलेको वैज्ञानिक संस्कार हुन सक्दछ ।’

नेता सन्तोष सी (विषम)ले दिवंगत आमा झुपी चौधरीले परिवार , समाज र देशको लागि योगदान गरेकाले उहाँको निधनले पार्टीपंक्ति , परिवार र सिंगो समाज स्तब्ध एवम मर्माहत भएको समेत बताउनुभएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप सी , पाटन सी , विकाश सी , निर्मल सी लगाएत दिवंगत आमाका जिवनसाथि , पार्टीको केन्द्रीय प्रतिनिधि समिति , जिल्ला समिति लगाएत स्थानीय जनसमुदायहरुको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा स्थानीय गरिब , असहाय , अशक्त एवम बृद्धबृद्धालाई राहत वितरण गरिएको थियो भने नेपाल कम्युनिस्ट पार्टीले अवलम्बन गरिहेको सी संस्कार अनुसार मृतक दिवंगत आमा झुपी चौधरीको स्मृतिमा अक्षयकोषको घोषणा गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अक्षयकोष स्थापनामा जनपत्रकार संगठन, नेपाल केन्द्रीय समितिले बाह्र हजार पाँच रुपैयाँ हस्तान्तरण गरेको छ भने नेपाल कम्युनिस्ट दाङका नेताकार्यकर्ता र परिवारको संयुक्त योगदानबाट अक्षयकोषको रकम ठोस गरी छिट्टै कुनै सार्वजनिक संस्थानमा स्थापना गरिने जनपत्रकार संगठन, नेपालका उपाध्यक्ष जानकी चौधरीले बताउनुभयो ।

श्रद्धाञ्जली कार्यक्रममा दिवंगत आमा झुपी चौधरीको जिवनी उहाँकी छोरी जानकी चौधरीले वाचण गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम तुलसीपुर नगर सेक्रेटरी रुद्र सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार