दाङको राप्ती गाउपालिकामा नेकपा निकट युवा र मगर मुक्ती मोर्चाको भेला सम्पन्न

डेली न्युजराप्ती       १६ पुष २०७८ १८:४२ मा प्रकाशित     391 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल र मगर मुक्ती मोर्चा नेपालको पालिका स्तरीय भेला सम्पन्न भएको छ।
राप्ती गाउपालिका स्तरिय संयुक्त भेलाले लब जैसिको अध्यक्षतामा १५ सदस्यीय युवा संगठन नेपाल राप्ती गाउकमिटी चयन गरेको छ भने पुन बहादुर मगरको अध्यक्षतामा ९ सदस्यीय मगर मुक्ती मोर्चाको गाउकमिटी गठन गरिएको नेकपाले जनाएको छ।
नेकपा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्य भएको भेलामा युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष बिश्लेसन,युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज मनोज, नेकपा राप्ती गाउपालिका इन्चार्ज बिजय, नेकपा लमही नगर इन्चार्ज जनक,नेकपा गढवा गाउपालिका इन्चार्ज महान र मगर मुक्ती मोर्चाका केन्द्रीय सदस्य सिबेन्द्र, युवा संगठन नेपाल दाङका सह-सचीव एवम देउखुरी अभियान टिम प्रमुख अजय,नेकपा बिशेष कमिटी सदस्य अदिपको आतिथ्य रहेको थियो।
संयुक्त भेला कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टीका जबस/मोर्चालाई सुदृढ र बिस्तार गर्दै दलाल सत्ताको भण्डाफोर गर्नुपर्ने धारणा राखेका थिए। साथै बक्ताहरुले दलाल सरकारको विकल्पमा प्रगतिशील संयुक्त सरकार र संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको सन्देश लिएर जनतामा जानुपर्ने बताएका थिए।

लब जैसिको अध्यक्षतामा भएको संयुक्त भेलाको सहजीकरण कृष्ण पुनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार