तुलसीपुर २३ पुस । तुलसीपुरका विद्यालय आइतबारदेखि बन्द गरिएको छ । शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण तीब्ररुपमा बढेपछि विद्यालय बन्द गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकामा बसेको आकस्मिक बैठकले २५ गते आइतबारदेखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमण बढेपछि यसअघि नै मावि अश्वारा, गुरु जजुर मावि रक्षाचौर र मावि सेन्टर स्कुल तुलसीपुर बन्द भइसकेका छन् । तुलसीपुरमा बिहीबारसम्म ८४ जनामा कोरोना पुष्टि भएको छ ।
शिक्षा समितिको संयोजक कुमार लामीछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.