अनेमसंघ क्रान्तिकारी केन्द्रीय समितीद्वारा दाङमा दुइदिने महिला प्रशिक्षण कार्यक्रम सुरु

डेली न्युजराप्ती       २८ मंसिर २०७८ १२:५८ मा प्रकाशित     661 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा दाङमा दुइदिने महिला प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

दुइदिन सम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्घाटन संगठनको झण्डा फहराएर गरिएको थियो।
अनेमसंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्दको प्रमुख आतिथ्य तथा नेकपाका केन्द्रीय समिति सदस्य एवम दाङका इन्चार्ज शितल,नेकपा बिशेष कमिटी सदस्य सम्झना,नेकपा दाङका सेक्रेटरी प्रदिप,एकीकृत जनक्रान्तीका सहिद महानका जिवनसंगिनि मालती राणा,अनेमसंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष धिरेन्द्रा,महासचिव राजकुमारी शाही,सचीव उषा,नेकपा दाङका कार्यालय सदस्य निर्मल,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्तको आतिथ्य रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सदस्य सम्झनाले नेपालका थुप्रै न्यायपुर्ण आन्दोलनमा नेपाली महिलाहरुले त्याग,समर्पण र बलिदानका उच्च कृतिमान कायम गरेको बताउनुभएको थियो। नेतृ सम्झनाले एकीकृत जनक्रान्तीमा पनि महिलाहरुले एकपटक जनयुद्धमा जस्तै शाहासिक र संघर्षपुर्ण कदम चालेर नेपाली बिभेदकारी समाजको आमूल परिवर्तन गर्न आह्वान गर्नुभएको हो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले प्रशिक्षण ऐतिहासिक र एकीकृत जनक्रान्तीमा महिलाहरुको उत्साहपुर्ण ढंगले आन्दोलनमा जोडिने कुरामा सफल रहने बिश्वास व्यक्त गर्नुभएको थियो। उहाले प्रशिक्षणले महिलाहरुलाइ क्रान्ती बुझाउनुपर्ने र बिभेदका विरुद्ध लड्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो।

दुइदिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका जिल्लाहरुबाट महिलाहरुको सहभागीता रहेको आयोजकले जनाएको छ। प्रशिक्षणमा महिला आन्दोलनको पृष्ठभुमि, वैज्ञानिक समाजवादमा महिला मुक्ती, पार्टी र महिला बिचको अन्तरसम्बन्ध लगाएतका विषयबस्तुमा संगठनका केन्द्रीय पदाधिकारीहरु र पार्टीका केन्द्रीय समिति सदस्य शितल लगाएतले प्रशिक्षित गर्ने कार्यक्रम तय भएको संगठनले जनाएको छ।

अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य ममताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता अनेमसंघ क्रान्तिकारीका केन्द्रीय समिति सदस्य हेमन्ताले गर्नुभएको हो भने सहजीकरण संगठनका केन्द्रीय सदस्य रेखाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार