काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा अनियमितता गरेको जनाएकाे छ । मन्त्रालयलले यस बिषयमा थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको हाे । पर्यटनमन्त्री सुदन किराँतीका अनुसार यस वर्षको महाशिवरात्रिमा सञ्चालित मेलामा सम्झौता विपरीत काम भएको र छानविन गर्दा सोझै घोटाला भएको देखिएकाे बताउनुभयाे । थप अनुसन्धान गरी दोषी उपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय गरिएको हो ।
पशुपतिनाथ मन्दिर परिसरबाट भेटी संकलन हुने घ्याम्पो हराएपछि छानविन समिति गठन गरिएको छ । सोही समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले गृहमन्त्रालय मार्फत नेपाल प्रहरीलाई पत्र पठाउने निर्णय भएको पर्यटन मन्त्रालयलले जनाएकाे छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.