विकल्पको हत्याकाण्डको नेकपाद्वारा घोर निन्दा एवं भत्सर्ना

डेली न्युजराप्ती       ३० पुष २०७८ १८:५० मा प्रकाशित     336 No Comments


काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीले बैतडी जिल्ला सुर्नयाँ गाँउ कमिटीका सदस्य डम्बर अवस्थी ‘विकल्प’ हत्या पार्टीलाई कुनै पनि हालतमा सैह्य नहुने भन्दै विकल्पको हत्याकाण्डको घोर निन्दा एवं भ्रत्सर्ना गरेको छ ।
उक्त घटना शान्तिपूर्ण राजनीतिक अवस्थालाई बिथोल्ने राष्ट्रघाती र जनघाती तत्वहरुले घटाएको विभत्स हत्या भएको ठोकुवा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक विज्ञप्ती जारी गर्दै विकल्पको हत्यारालाई कडा भन्दा कारबाही गर्न र पिडित परिवारलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । प्रवक्ता प्रकाण्डले विकल्पप्रति सिंगो पार्टीतर्फबाट भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै षड्यन्त्रमुलक हत्याबाट शोकमग्न परिवारजन र आफन्तहरुप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

उनले व्यक्त पार्टी, जनक्रान्ति र नेपाली जनताका विरुद्ध आपराधीक दलालहरुले घटाउने घटना र गर्ने षड्यन्त्रविरुद्ध सचेत रहेर पार्टी काम र जनताको सेवामा अझ बढी घनीभुत रुपमा लाग्न सिङ्गो पार्टी पंतिलाई विशेष निर्देशन समेत दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तीको पूरा पाठ –
“१.हाम्रो पार्टीका बैतडी जिल्ला सुर्नयाँ गाँउ कमिटिका सदस्य क। विकल्प ९डम्वर अवस्थी० सुर्नयाँ गाउँपालीका वडा न। ६ खर्कधार निवासी सिद्धनाथ आधारभुत विद्यालय ध्वजहाल्नाका अस्थायी शिक्षक हरिष अवस्थीले गत मंसिर १४ गते वेलुकी ७ः१५ बजे आफ्नो घरमा बोलाएर लगेको मिति देखि वेपत्ता अवस्थामा हुनुहुन्थ्यो । फरार शिक्षक हरिष अवस्थीलाई प्रहरीले पुष २३ गते बाँके जिल्लाबाट नियन्त्रणमा लिएर बैतडी जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गर्दा उनले क. विकल्पको हत्या गरि आफ्नै बारीको ओडारमा गाडेको खुल्न आउँदा प्रहरीले पुष २८ गते वेलुकी ६ बजे क। विकल्पको लास भेटाउन पुग्यो । आफ्नो घरबाट क। विकल्पलाई मंसिर १४ गते बेलुकी बोलाएर हत्या गरी गाडेको लास पुष २८ गते मात्र पत्ता लागेको घटनाले हाम्रो पार्टीलाई मर्माहत र आक्रोषित बनाएको छ । क. विकल्पको हत्याकाण्डको पार्टी घोर निन्दा एवं भ्रत्सर्ना गर्दछ । सर्वप्रथम क. विकल्पप्रति पार्टी भावपुर्ण श्रदाञ्जली अर्पण गर्दछ । उहाँको षड्यन्त्रमुलक हत्याबाट शोकमग्न परिवारजन र आफन्तहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
२.वर्तमान अवस्थामा हाम्रो पार्टी एकीकृत जनक्रान्तिको शान्तिपुर्ण राजनीतिक मोर्चामा छ । पार्टी, नेतृत्व, कार्यकर्ता र जनताका विरुद्ध विदेशी साम्राज्यवादी र देशी दलाल पुँजीवादीहरुबाट हुने षड्यन्त्र र हत्या पार्टीलाई कुनै पनि हालतमा सैह्य हुने छैन । यो घटना शान्तिपुर्ण राजनीतिक अवस्थालाई बिथोल्ने राष्ट्रघाती र जनघाती तत्वहरुले घटाएको विभत्स हत्या भएको प्रमाणित हुन आउँछ । यसर्थ हत्यारालाई कडा कारबाही गर्न र पिडित परिवारलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकारसँग पार्टी जोडदार माग गर्दछ ।
३. हाम्रो पार्टी जनक्रान्ति र नेपाली जनताका विरुद्ध आपराधीक दलालहरुले घटाउने घटना र गर्ने षड्यन्त्र विरुद्ध सचेत रहेर पार्टी काम र जनताको सेवामा अझ बढी घनीभुत रुपमा लाग्न सिङ्गो पार्टी पंक्तिलाई विशेष निर्देशन पनि गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार