जनयुद्ध र जनक्रान्तिका योद्धा सुदीपप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

डेली न्युजराप्ती       १२ माघ २०७८ १३:४५ मा प्रकाशित     1562 No Comments


काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी गरी जनयुद्धका लडाकु योद्धा तथा कमान्डर र हाल एकीकृत जनक्रान्तिका योद्धा नरबहादुर घर्ती ‘सुदीप’ प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।

माघ ११ गते सल्यान कपुरकोटबाट दाङ आउँदै गर्दा ३४ वर्षको अल्पायुमा दुर्घटनामा परी सुदीपको निधन भएको थियो । महासचिव विप्लवले सुदीपका शोकसन्तप्त परिवारजन र पार्टीपङ्क्तिमा गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

दुर्घटना स्थल

महासचिवको शोक वक्तव्यमा भनिएको छ, ‘महान् दसबर्से जनयुद्धका महत्वपूर्ण लडाकु योद्धा तथा कमान्डर, हाल एकीकृत जनक्रान्तिका योद्धा हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला विशेष समिति सदस्य, रोल्पा नगरपालिका वडा नं ६ डिगामा जन्मी हाल घोराही उपमहानगरपालिका १४ झिगौरा, दाङमा बसोबास गरी पार्टीमा इमानदार र एकीकृत जनक्रान्तिप्रति प्रतिबद्ध रही काम गरिरहनुभएका क. नरबहादुर घर्ती ‘सुदीप’ को ३४ वर्षको अल्पायुमा नै हिजो २०७८ माघ ११ गते सल्यान कपुरकोटबाट दाङ आउँदै गर्दा दुर्घटनामा परी भएको असामयिक निधनले स्तब्ध बनाएको छ । क्रान्तिका धरोहर क. सुदीपप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजन र पार्टीपङ्क्तिमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

माघ ११ गते सल्यानको कपुरकोटबाट तुलसीपुर तर्फ रा ५ प २९४६ नम्बरको सवार मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार