पत्रकारमाथि दुर्व्यवहार गरेका दोषीलाई जनपत्रकार सङ्गठनद्वारा कारवाहीको माग

डेली न्युजराप्ती       १८ माघ २०७८ ०८:३२ मा प्रकाशित     243 No Comments


बुटवल : नेकपा निकट जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकारमाथि दुव्र्यवहार गरेको बारेमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । आइतबार प्रदेश अध्यक्ष दिपेश विष्टले विज्ञप्तिमार्फत राजनीतिक आडमा हदैसम्म गिरेर गरिएको दुर्व्यवहार तथा ज्यानै लिने जस्तो अपराधिक धम्कीप्रति घोर भत्र्सना, निन्दा र घृणा प्रकट गरेका हुन् ।

माघ १४ गते साँझ विजय नगर गाउँपालिका वडा नं. ६ खडैचा, कपिलवस्तु जिल्लामा सञ्चालित ‘शिव इँटा उद्योग’ मा बाल मजदुर प्रयोग गरिएको विषय सार्वजनिक भएपछि सत्यतथ्य बुझी समाचार सङ्कलन गर्न पुगेका जनपत्रकार सङ्गठन नेपालका लुम्बिनी प्रदेश सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष अनिल थारु, राम अवतार चौधरी र घनश्याम भरलाई नेकपा एमाले कृष्णनगरका अध्यक्षसमेत रहेका इँटा उद्योगका सञ्चालक सन्दीप मौर्या र उद्योगका अर्का जिम्मेवार मुम्सी महताव (पप्पु) खानले गरेको दुव्र्यवहार तथा ज्यान लिनेसमेतको धम्कीप्रति ध्यानाकर्षण भएको बताएको छ ।

आइतबार प्रदेश अध्यक्ष दिपेश विष्टले एक विज्ञप्ति जारी गर्दै राजनीतिक आडमा हदैसम्म गिरेर गरिएको दुर्व्यवहार तथा ज्यानै लिने जस्तो अपराधिक धम्कीप्रति घोर भत्र्सना, निन्दा र घृणा प्रकट गरेका छन् । उनले यस्तो अशान्ति, अराजक, अमर्यादित, अव्यवहारिक र असहिष्णु प्रकारको प्रवृत्ति र अभिव्यक्तिले समाजको समग्र विकासमा अवरोध सिर्जना गर्ने भएकोले सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न मागसमेत गरेका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७८ माघ १४ गते साँझ विजयनगर गाउँपालिका वडा नं. ६ खडैचा, कपिलवस्तु जिल्लामा सञ्चालित ‘शिव इँटा उद्योग’ मा बाल मजदुर प्रयोग गरिएको विषय सार्वजनिक भएपछि सत्यतथ्य बुझी समाचार सङ्कलन गर्न पुगेका जनपत्रकार सङ्गठन नेपालका लुम्बिनी प्रदेश सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्षसमेत रहेका जनलहर डटकमका सम्पादक अनिल थारु, बुटवल टुडेका कपिलवस्तु संवाददाता राम अवतार चौधरी र रेडियो शिवराज, कपिलवस्तुका प्राविधिक तथा रिपोर्टर घनश्याम भरलाई नेकपा एमाले कृष्ण नगरका अध्यक्षसमेत रहेका इँटा उद्योगका सञ्चालक सन्दीप मौर्या र उद्योगका अर्का जिम्मेवार मुम्सी महताव (पप्पु) खानले गरेको दुर्व्यवहार तथा ज्यान लिनेसमेतको धम्कीप्रति जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता राजनीतिक आडमा हदैसम्म गिरेर गरिएको दुर्व्यवहार तथा ज्यानै लिने जस्तो अपराधिक धम्कीप्रति सङ्गठनले घोर भत्र्सना, निन्दा र घृणा प्रकट गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘आफ्नो पेशागत दायित्व निर्वाह गरिरहेका पत्रकारद्वयमाथि देशकै ठूलो पार्टीको जिम्मेवार व्यक्तिसमेत रहेका उद्योग सञ्चालकले समाचार प्रकाशन पश्चात चित्त नबुझे न्यायको निम्ति प्रशस्तै ढोकाहरू भएता पनि कानूनलाई समेत हातमा लिँदै यसरी ज्यान लिनेसम्मको अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भएको सङ्गठनको ठहर छ । यस्तो अशान्ति, अराजक, अमर्यादित, अव्यवहारिक र असहिष्णु प्रकारको प्रवृत्ति र अभिव्यक्तिले समाजको समग्र विकासमा अवरोध सिर्जना गर्ने भएकोले सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार