दाङमा मूल्यवृद्धि, एमसीसी समस्या र निकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       २५ माघ २०७८ १८:०७ मा प्रकाशित     325 No Comments


घोराही, २५ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एमसीसी समस्या र निकास `विषयक´ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जबसको आयोजनामा मंगलबार घोराहीमा एक कार्यक्रम बीच सो अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्लाका इन्चार्ज शीतलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महंगीले जनताको ढाड सेकिरहेको बताए। अहिले जनतालाई शोषित गर्दै नाङ्गेझार पार्नका लागि गरिएको मूल्यवृद्धि राज्यको नीति भित्र रहेको समेत उनले प्रष्ट पारे।
एमसीसी हिन्द प्रशान्त रणनीतिको एउटा अंग हो उनले भने यसले विश्वलाई आफ्नो कन्ट्रोलमा राख्न चाहन्छ । अमेरिकाले एमसीसीलाई मुख्य विषय बनाएर विश्वका कुनै कुनामा रहेका कम्युनिस्टको बिचारलाई निस्तेज पार्ने योजनामा अगाडि बढेको छ ।´

एमसीसीलाई संसदबाट पास गराउने र नेपालमा रहेका लिपुलेक,लिम्पियाधुरा र कालापानी भूभाग बिस्तारै भारत मार्फत कब्जा गरि त्यो भूभागमा अमेरिका सेना बसाल्ने र त्यसका लागि भारतको सहयोगमा अमेरिकाले यो परियोजना ल्याउन लागेको समेत उनको भनाई थियो ।
नेता शीतलले संसदीय ब्यबस्था भनेको खशीको टाउको झुण्डयाए कुकुरको मासु बेच्ने थलो भएको बताउँदै उनले यो संसदीय ब्यबस्था असफल भइसकेको हुँदा अब यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था लागु गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिकाका इन्चार्ज निर्मल, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य नरबहादुर रोका, अखिल नेपाल शिक्षक संगठन घोराहीका अध्यक्ष डिल्ली लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण अखिल(क्रान्तिकारी) केन्द्रीय केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दिपक विष्टले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार