Site icon dailynewsrapti.com

दाङमा विप्लव नेकपा सहित संयुक्त दल- मोर्चाको बैठक सम्पन्न, एमसिसी विरुद्ध आन्दोलन शसक्त बनाउने


हेमन्त प्रकाश वली। फागुन २१,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी सहित दाङमा कृयासिल ३ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त बैठक सम्पन्न भएको छ।

दाङको घोराहीमा बसेको संयुक्त बैठकले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध आठ दल-मोर्चाद्वारा घोषणा गरिएका केन्द्रीय कार्यक्रमहरुलाइ जिल्लामा प्रभावकारी बनाउने निर्णय गरेको नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले न्यूजराप्तीलाई जानकारी दिनुभएको छ।

यस्तै बैठकले फागुन २४ गते ८ मार्च भव्य रुपमा मनाउन तुलसीपुरमा प्रदर्शन सहित सभा गर्ने, फागुन २६ गते घोराहीमा बिद्यार्थीहरुको प्रदर्शन सहित सभा गर्ने,फागुन २८ गते घोराहीमा युवाहरुको प्रदर्शन सहित सभा गर्ने,फागुन ३० गते घोराहीमा मजदुरहरुको प्रदर्शन सहित सभा गर्ने,चैत्र २ गते लमहिमा किसानको प्रदर्शन सहित सभा गर्ने,चैत्र ५ गते भालुबाङमा श्रमिक/ दलित समुदायको प्रदर्शन सहित सभा गर्ने,चैत्र ६ गते घोराहीमा जातिय/क्षेत्रीय मोर्चाहरुको प्रदर्शन सहित सभा गर्ने र चैत्र १२ गते घोराहीमा बुद्धिजीवीहरुको अन्तर्क्रीया गर्ने कार्यक्रम रहेको नेकपाका जिल्ला सेक्रेटरी प्रदिपले जानकारी दिनुभएको हो।
नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलको अध्यक्षतामा बसेको बैठकमा संयुक्त दल-मोर्चाका नेताहरुको उपस्थिति रहेको थियो।
दाङमा विप्लव नेतृत्वको नेकपा सहित कृयासिल कम्युनिस्ट पार्टीहरु नेकपा( मशाल),नेकपा( क्रान्तिकारी माओवादी ), नेकपा माले र दुई मोर्चाहरु राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रीक मोर्चा निरन्तर एमसिसी सम्झौताका विरुद्ध संघर्षरत छन।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version