नेकपा(क्रा.मा.) दाङका सेक्रेटरी बन्जाडेद्वारा दिबंगत पत्नीको स्मृतिमा सभाहलको शिलान्यास

डेली न्युजराप्ती       २५ बैशाख २०७९ १७:४७ मा प्रकाशित     292 No Comments


हेमन्त प्रकाश वली
बैशाख २५,घोराही।
नेकपा (क्रान्तिकारी माओवादी) दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेले दिबंगत जीवनसंगिनी गिता बन्जाडेको स्मृतिमा सभाहलको शिलान्यास गर्नुभएको छ।
आज एक औपचारिक कार्यक्रमका बिच ‘गिता स्मृति सभाहल’को शिलान्यास गरिएको हो।

आइतबार घोराही-३ प्रगतिटोल स्थित आफ्नै निजि निवासमा आयोजित गिता स्मृति सभामा श्रद्धाञ्जली मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी)का पोलिट्व्युरो सदस्य केबि गुरुङले जन्मपछि मृत्यु अनिवार्य भएको बताउनुभयो। उहाले भन्नुभयो– ‘जन्मिएपछी मृत्यु अनिवार्य नै हो,यो बिज्ञान हो तर मान्छे मृत्युपछि पनी अमर हुने कर्म गरेर प्राण उत्सर्ग गर्नुपर्छ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गुरुङले मृतक गिता बन्जाडेले आफ्नो जिवनकालमा अनेकौं वर्गसंघर्षमा आफ्नो श्रीमान नरेन्द्र बन्जाडेलाइ साथ,सहयोग गरेर अन्याय,अत्याचार,शोषण,बिभेद,राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक लगाएत तमाम क्षेत्रमा देखिएका समस्याहरुसंग लड्न बलियो खम्बा बनेर उभिएको बताउनुभयो। नेता गुरुङले मृतक गिता बन्जाडे पर्दा पछाडीकि शसक्त क्रान्तिकारी योद्धा भएको समेत बताउनुभएको थियो।

यस्तै कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै नेकपा(क्रान्तिकारी माओवादी) का पोलिट्व्युरो सदस्य धनेश्वर पोख्रेलले परम्परागत मृत्यु संस्कारलाई चिर्दै समाजमा क्रान्तिकारी संस्कार संस्कृति लागू गर्न स्मृति सभाले महत्वपूर्ण भुमिका खेल्ने जिकिर गर्नुभयो। उहाले दिबंगत पत्नीको स्मृतिमा आफ्नो पार्टीका सेक्रेटरी नरेन्द्र बन्जाडेले सभाहल निर्माण गर्ने कार्यको खुलेर प्रसंसा गर्दै यसले समाजमा क्रान्ती ल्याउने दाबी समेत गर्नुभएको हो।

गिता स्मृति सभामा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय महासचिव हिरामणी दुखी(चिन्तन), राष्ट्रिय जनमोर्चा सम्वनय समितिका केन्द्रिय सदस्य शसिधर भण्डारी,नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला कार्यालय सदस्य विकाश वली,देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष इश्वरी गैरे,अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय सदस्य शुसिला आचार्य,माबी डाडागाउ गोग्लीका पुर्व प्राचार्य सतिस कुमार आचार्य लगाएतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो।

नेकपा(क्रान्तिकारी माओवादी)का पोलिट्व्युरो सदस्य केबि गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दे.ज.मो.केन्द्रीय सदस्य याम बहादुर शाह,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली,नेकपा(माके) ३ नं.वडा कमिटी अध्यक्ष सुमन रोका,नेकपा(माके)जिल्ला सम्वनय समिती सदस्य बसन्त अधिकारी लगाएतको आतिथ्य रहेको थियो।

नेकपा(क्रान्तिकारी माओवादी) दाङका सेक्रेटरी नरेन्द्र बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सचिवालय सदस्य तिलक परियारले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार