मोटरसाइकल दुर्घटना मृत्यु भएका युवा संगठन नेपालका सदस्यको शवमा पार्टीको झण्डा ओडाएर दाहसंस्कार गरियो

डेली न्युजराप्ती       २७ बैशाख २०७९ १२:१४ मा प्रकाशित     528 No Comments


तुलसीपुर,२७ बैशाख । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा युवा संगठन नेपालका सदस्य द्वय मान बहादुर बिश्वकर्मा र इश्वर दसौलीको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–८ गल्लि कुटानमा सोमबार मोटरसाइकल दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षिय मान बहादुर बिश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षिय इश्वर दसौली रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तै दुर्घटनामा मृत्यु भएका विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालका सदस्य द्वय मान बहादुर बिश्वकर्मा र इश्वर दसौलीको आज तुलसीपुर शितलपुर घाटमा पार्टीको झण्डा ओडाएर दाहसंस्कार गरिएको छ। नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितल,नेकपा दाङका सेक्रेटरी प्रदिप वली,नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाश वली,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,तुलसीपुर उपमहानगरपालिका स्वतन्त्र उप-मेयर पदका उम्मेदवार खेमराज वली लगाएतले मृतकको शबमा झण्डा ओडाएर दाहसंस्कार गरिएको युवा संगठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्रले जानकारी दिनुभयो।
समाज रुपान्तरणको अभियानमा होमिएका दुई होनहार युवाको निधनले पार्टीलाइ अत्यन्त दुखित एवम मर्माहत बनाएको पार्टीका केन्द्रीय सदस्य शितलले बताउनुभएको थियो। उहाले मृतक द्वय मान बहादुर बिश्वकर्मा र किशोर बसौलीप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृत्युको शोकमा डुबेको शोकसन्तप्त परिवारजनप्रती समबेदना समेत प्रकट गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार