तुलसीपुर, ५ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा एमालेका भिम बहादुर योगी निर्वाचित हुनु भएको छ । योगीले १२९२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिष्प्रर्धी कांग्रेसका राजु आचार्यले ११२० मत प्राप्त गर्नुभएको छ । योगीले १७२ मतले आचार्यलाई पराजित गर्नुभएको हो । वडामा योगी सहित ३ जना सदस्य निर्वाचित भएका छन् ।
यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा कांग्रेसका राजु आचार्य संग पराजित हुनु भएका योगी यसपालीको निर्वाचनमा विजयी हुनु भएको हो ।
तुलसीपुर उपमहानगरपालिकामा अहिले सम्म १ र २ नम्वर वडाको मतगणना सम्पन्न भएको छ । यस अघि वडा नम्वर १ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हुमाकान्त सापकोटा निर्वाचित हुनु भएको छ । वडा नम्वर १ मा अध्यक्ष सहित दुई जना गठबन्धनका र तिन जना सदस्य एमालेका निर्वाचित भएका छन । अहिले वडा नम्वर ३ र ४ को मतगणना भईरहेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.