एक दुराचारी कलम विरुद्ध:हिरा सुनार (सारथि)

डेली न्युजराप्ती       ९ जेष्ठ २०७९ ०९:३८ मा प्रकाशित     536 No Comments

कबिता

शहर देखि अलि टाढा
पहाडकाे पनि अग्लो थुम्कोमा
शिर-शिर बतासकाे मज्जा लिदै
कोइली र काफल चरिको गितको सहारामा
म एक दुराचारका विपक्षमा कबिता लेख्न उभिएको छु

म यसघडी उसको दुराचारि कलम
मेरा विरुद्धको समाचार
उसका बेकम्मा अक्षरहरु एकएक गणना गर्दै र हेर्द
सोधिरहेछु आफै संग प्रश्नहरु
यो अग्लो थुम्कोमा उभिएर !

आखिर उसले मेरा बिरुद्ध त्यो दुराचारि कलम किन उठायाे?
आखिर उसले मेरा बिरद्व त्यो मिथ्या हल्ला किन चलायाे?
उ काे हो मेरो? -साथी या शत्रु ?
कमरेड या बर्ग दुश्मन ?
उ को हो यो समाजको?- पत्रकार या धन्दावाला?
क्रान्तिकारी या प्रतिगामी ?

म यशअघि उसको दुराचारि कलम कहाँ कहाँ चल्यो
यसअघि उसले यो समाजमा मिथ्या हल्ला कति फैलायो
उसको धन्दा विरुद्ध विभिन्न पत्रिकामार्फत छापिएका समाचार

उसका हर्कत बारे फेसबुकमा मित्रहरुले लेखेका स्टाट्स ,
थुप्रै कमेन्टहरु
फेसबुक र गुगलको सहारामा चासोको साथ हेरिरहेको छु!

उसका धन्दावाला कल रेकर्ड
सुराका तालमा मात्तिएका भिडियोहरु
हत्कडिले बाधिएका उसका हात र
अग्रेजि बाेतल संगका उसका फाेटाहरु
बडाे चाखका साथ नियालि रहेछु
उसको दुर्गुण पनि!

म यशघडी आक्रोश कम
विबेक बढता लगाएर सोच्ने कोशिस गरिरहेछु
आखिरमा
उसले मलाई बदला लिन खोज्यो या बदल्न ?
आखिरमा
उसले मेरो भलाइ साेच्याे या कुभलाे?
आखिर उसले मलाई
प्रेम पुर्ण जिबन बिताओस भन्न खोजेको हो या द्वेष पुर्ण जिबन ?
आखिर ,आखिर
किन चलायो उसले मेरा विरुद्ध त्यो दुराचारी कलम?
किन चलायो मिथ्या हल्ला?
के चाहान्छ होला उसले म सग ह?

प्रश्नै प्रश्नको चाङले
यो पहाड भन्दा मलाइ अग्लो बनाउदा पनि
शरीरमा आगोको लाभाहरु छुट्दा पनि
आक्रोश ले मुटु टुक्रा टुक्रा हुदा पनि
आफुलाइ सम्भार गर्ने अठोट लिदै
कुनै दिन समय सहि उत्तर दिने अपेक्षा सहित

म उसको भलो चाहान्छु
म उसको उन्नति चाहान्छु
उसले साचो र झुठो चुट्याउन जानोस
उसको कलम अन्यायका विरुद्ध चलोस
उसले जीवन बुझोस
उसले जीवन चिनोस
उसले यो समाज चिनोस

ए प्रतिगामी मान्छे
तिमिले असल र खराब चिन्ने कोसिस गर
तिमिले यो दुनियाँ बुझ्ने कोसिस गर!!

धन्यवाद
उहीँ-हिरा सुनार(सारथि)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार