ट्रक दुर्घटना हुदा दुई युवाको मृत्यु

डेली न्युजराप्ती       ४ असार २०७९ १९:२२ मा प्रकाशित     165 No Comments

डेलीन्युजराप्ती अनलाइन।
तुलसीपुर, ४ असार । निर्माण सामाग्री लिएर दाङबाट जाजरकोट जाँदै गरेको ट्रक दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका-१२ बस्ने २४ वर्षीय मिलन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

शनिबार बिहान दाङबाट सिमेन्ट र सरिया लिएर जाजरकोटका लागि छुटेको ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारीडाँडा नजिक दुर्घटनामा परेको थियो। ट्रक सडकबाट ५० मिटर तल खसेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार