विवाहको कार्यक्रम सकेर फर्किएको गाडी सल्यानमा दुर्घटना,फेरि अस्ताए ८ जना

डेली न्युजराप्ती       १२ आश्विन २०७९ ०६:४८ मा प्रकाशित     224 No Comments


दाङ, १२ असोज । सल्यानको कपुरकोटमा बिहानै जिप दुर्घटना भएको छ । नेपालगञ्जबाट सल्यान कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप मुलपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् । एक जना गम्भिर घाइते उद्धार गरि उपचारका लागि तुलसीपुर लगिदै प्रहरीले जनाएको छ ।
जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिनुभयो ।

बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको डवल क्याप दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार