पाठ्यपुस्तकको कृत्रिम अभावविरुद्ध अखिल(क्रान्तिकारी)द्वारा संघर्षको घोषणा

डेली न्युजराप्ती       २२ असार २०७९ १९:४९ मा प्रकाशित     211 No Comments


काठमाडौं । अखिल(क्रान्तिकारी)ले सरकारी/समुदायीक विद्यालय भएको पाठ्यपुस्तकको चरम कृत्रिम अभावविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले शैक्षिक सत्र सुरु भएको तिन महिनासम्म पनि सरकारी/समुदायीक विद्यालय भएको पाठ्यपुस्तकको चरम कृत्रिम अभाव विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको हो । संघर्षका कार्यक्रमअन्तर्गत असार २४ गते देशव्यापी स्थानिय निकायमा ध्यानाकर्षण पत्र बुझाउने , असार २५ गते देशव्यापी मशाल जुलुश , असार २७ गते देशव्यापी सिठि जुुलुश सहित विरोध प्रदर्शन , असार २९ गते देशव्यापी शिक्षा मन्त्री र जनक शिक्षा सामाग्री केन्द्र प्रमुखको पुत्ला दहन , असार ३० गते अन्तरक्रिया गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार