हेमन्त प्रकाश ओली ।
भदौ ५ , तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको बसपार्क घेरबारमा उपमहानगरपालिकाका तिन जना वडा अध्यक्षले हस्तक्षेप गरेका छन् ।
तुलसीपुरको बसपार्क क्षेत्र घेरबार गर्दा बसपार्क वरिपरिका आम बासिन्दाको निकास बन्द गरिएपनि उपमहानगरको जग्गासंग सटेका दुईवटा घरलाइ ६ मिटर निकास दिइएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष बिजय बिक , वडा नं. ५ का अध्यक्ष बिरेन्द्र शाह , वडा नं. १८ का अध्यक्ष माधव ओली र तुलसीपुर उपमहानगरका इन्जिनियर पवन योगिले बसपार्कको जग्गा घेरबार गर्न अमिनले छुट्याएको नक्सा विपरित दुईवटा पक्की घरलाइ मात्रै ६ मिटर निकास दिएर घेरबार गर्न ठेकदारलाई निर्देशन दिएको बुझिएको छ ।
उपमहानगरपालिकाको जग्गासंग सटेको गुमानसिंह बुढाथोकी र रिता बोहोराको संयुक्त नाममा पास भएको १३२ वर्गमिटर क्षेत्रफलमा रहेका दुईवटा पक्की घरलाई मात्रै निकास दिएर नगरपालिकाले ट्रष्ट बनाएर आफ्नो जग्गा घेरबार गरेको हो ।
बसपार्क क्षेत्र घेरबार गर्दा सबैलाइ समान व्यवहार नगरी पहुँचको आधारमा कसैलाइ निकास दिइएको र अन्य आम बासिन्दाको सबै निकास बन्द गरिएको गुणासो नागरिकले गरेका छन् ।
यसै सन्दर्भमा अमिन बिक्रम गौतमले भने – ‘कार्यालयको निर्देशन अनुसार काम गरेको हुँ । त्यो जग्गालाई निकास दिन नमिल्ने भनेर १२/१४ दिन काम रोकिएको पनि हो । घरसंग सटाएर लगाउनुपर्नेमा ट्रष्ट ६ मिटर जग्गा छोडेर बनाइएको छ ।’
यस्तै प्रतीक्षालय , सेफ्टी ट्याङकी र बसपार्क घेरबार आयोजनाको ठेक्का लिएका ठेकदार भिम बहादुर बुढाथोकीले नगरपालिकाले तोकेको ठाउँ अनुसार ट्रष्ट बनाएको बताए ।
नियमअनुसार ती घरहरु सटाएर बनाउनुपर्ने हो , उनले भने,‘नगरपालिकाको टिम आएर ट्रष्ट करिव ६ मिटर जग्गा छोडेर बनाउन निर्देशन दिएपछी सोही अनुसार काम गरेका हौं ।’
नियम विपरीत जान नहुने भन्दै अमिनले छुट्याएको नक्सा अनुसार घेरबार गर्न खोज्दा लामोसमय सम्म काम रोकिएको भएपनी तुलसीपुर उपमहानगरपालिकाबाट नगर प्रवक्ता माधव ओली , तुलसीपुर -५ का अध्यक्ष बिरेन्द्र शाह , तुलसीपुर-३ का अध्यक्ष बिजय बिक र उपमहानगरका इन्जिनियर पवन योगिसहितको टिमले नियम विपरित ट्रस्ट बनाउन ठेकदारलाई निर्देशन दिएका थिए ।
सबैलाइ समान व्यवहार नगरी कुनै व्यक्तिलाइ मात्रै नियम विपरित पहुँचको आधारमा निकास दिने विषयमा अनियमितताको आशंका स्थानीयले गरेका छन् ।
यता सोही विषयमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकारमा खड्कासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन भने नगर प्रवक्ता माधव ओलीलाइ सम्पर्क गर्दा यो बिसयमा वडा नं.५ का अध्यक्षलाई बुझ्न आग्रह गर्नुभयो ।
उक्त विषयमा बुझ्न तुलसीपुर -५ का अध्यक्ष बिरेन्द्र शाहलाइ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.