साउन ८,काठमाडौं। विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिस्ट पार्टीको बैठक सम्पन्न भएको छ।
नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेकपा,आहुती नेतृत्वको वैज्ञानिक समानवादी कम्युनिस्ट पार्टी नेपाल,कर्णजित बुढाथोकी नेतृत्वको नेकपा(माओवादी समाजवादी)को संयुक्त बैठक आज वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यालय थापागाउमा सम्पन्न भएको हो।
चार कम्युनिस्ट पार्टीले बैठकका निर्णयहरु सार्वजनिक गर्न संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन।
बिज्ञप्तिमा भनिएको छ– ‘नेपालको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा बिगतदेखी कार्यगत एकता गर्दै आएका हामी चार कम्युनिस्ट पार्टीहरु दलाल पुजीवादी राज्यव्यवस्थाले राष्ट्रिय स्वाधीनता,जनअधिकार र जनजिबिकाको क्षेत्रमा चरम संकट पैदा गरेको वर्तमान वस्तुगत अवस्थाको आवश्यकता,जनताको चाहना,आगामी जनसंघर्सको आवश्यकता र हामी चार पार्टीको दायित्वलाई दृस्टिगत गर्दै आगामी दिनमा कार्यगत एकतालाइ रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्न प्रतिबद्ध छौं।’
साथै बिज्ञप्तिमा आगामी जनसंघर्सका कार्यक्रम सम्बन्धी विभिन्न निर्णयहरु सार्वजनिक गर्न आगामी श्रावण १० गते पत्रकार सम्मेलन गर्ने समेत बताइएको छ।
बिज्ञप्तिमा संयुक्त संघर्षको प्रक्रियामा सामेल हुन कम्युनिस्ट,क्रान्तिकारीहरु,बामपंथी,देशभक्त र सच्चा लोकतन्त्रवादीहरुलाई बिशेष अपिल समेत गरिएको छ।
संयुक्त प्रेस बिज्ञप्तिको पुरापाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.