साउन २४,तुलसीपुर। दाङमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र श्रमिक समुदाय मोर्चा दाङको चौथो पुर्ण बैठक सम्पन्न भएको छ।
बैठकले पार्टीको नवौं महाधिवेशनलाई भव्यताका साथ सफल पार्न जिल्लाव्यापी अभियान संचालन गर्ने,संगठन सुदृढीकरण तथा बिस्तार अभियान संचालन गर्ने,महाधिवेशन केन्द्रित आर्थिक अभियान संचालन गर्ने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको जनाइएको छ।
नेकपा दाङका सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्य,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली वली,केन्द्रीय सदस्य संजय वली,नेकपा दाङ जिल्ला कमिटी सदस्य द्वय बिष्णु,खिम बहादुर,मजदुर नेता दिनेश र अमरको आतिथ्यमा बैठक सम्पन्न भएको थियो।
संगठनको चौथो बैठकमा प्रशिक्षणात्मक मन्तव्य प्रमुख अतिथि समेत रहेका नेकपा दाङका सेक्रेटरी प्रदिपले राखेका थिए भने मन्तव्य अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली वली,केन्द्रीय सदस्य संजय वली र नेकपा दाङका जिल्ला सदस्य बिष्णुले मन्तव्य राखेका थिए।
नेकपा दाङ जिल्ला कमिटी सदस्य खिम बहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको संचालन तथा अध्यक्षता श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य सुरज विकले गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.