भदौ १५,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीको नवौं महाधिवेशनको प्रचार कार्यलाइ तिब्रता दिएको छ।
नेकपा दाङले असोज १-८ सम्म काठमाडौंमा सम्पन्न हुन गइरहेको पार्टीको ऐतिहासिक नवौ महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन जिल्लामा प्रचार कार्यलाइ तिब्रता दिएको हो।
पार्टीले जिल्लाभरी भित्तेलेखन,पोस्टरिङ लगाएत महाधिवेशन केन्द्रित प्रचारप्रसार कार्यलाइ तिब्रता दिएको नेकपाले जनाएको छ।
यस्तै पार्टीले जिल्लामा सेल कमिटी,वडा कमिटी,गाउँकमिटि,उपमहानगरपालिका कमिटी स्तरीय भेला/सम्मेलनहरु सम्पन्न गरिरहेको जनाइएको छ।
नेपाल कम्युनिस्ट पार्टी दाङले उत्साहका साथ नवौं महाधिवेशनलाई उत्सवको रुपमा अगाडि बढाइरहेको छ।
नेकपा दाङले पार्टीको नवौं जिल्ला सम्मेलन भदौ १९ र २० गते घोराहीमा गर्ने निर्णय गरेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.