भदौ १७,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँपालिकाको सेक्रेटरीमा प्रेम विक निर्वाचित भएका छन।
नेकपा शान्तिनगर गाउपालिकाको दोस्रो सम्मेलनले विकलाइ सेक्रेटरीमा चयन गरेको हो।
आज शुक्रबार सम्पन्न सम्मेलनले नेता प्रेम विकलाइ सेक्रेटरीमा चयन गर्दै १३ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको हो।
नेकपाका जिल्ला कार्यालय सदस्य विकाश वलीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा पार्टीका जिल्ला सल्लाहकार समिती सदस्य शुरेस,अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला कमिटी सदस्य क्षेत्र बहादुर वली,पार्टीका जिल्ला कमिटी सदस्य रेशम लगाएतको आतिथ्य रहेको थियो।
नेकपा शान्तिनगर गाउँकमिटीका इन्चार्ज विजयको अध्यक्षतामा भएको सम्मेलनको संचालन नवनिर्वाचित सेक्रेटरी प्रेम विकले गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.