विचार:समर कुमार झुसे
यतिबेला हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको ऎतिहासिक नवौं महाधिवेशन विशेष घडीमा उपस्थिति भएका छौं । भीषण वर्गसंर्घषमा अनुलनिय बलिदान ,रगत पसिना ,आँसुसंग लत्पतिएका सपनाका विच हामी महान एकीकृत जनक्रान्ति लाई नयाँ उचाईमा पुगाउनको निम्ति यतिबेला जुटेका छौं । नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति संचालन गरिरहेको छ । श्रमिक वर्ग , उत्पीडित जाति समुदाय , लिङ्ग र क्षेत्रहरु आफ्नै मुक्ति ,समानता ,स्वतन्त्र ,राष्ट्रियता र बैज्ञानिक समाजवाद प्राप्तिको लागि हाम्रो संघर्ष जारि रहने छ । अब आउने महाधिवेशन बाट दर्शन ,अर्थनिति , राजनीति ,संगठन, सांस्कृति जस्ता,विषयमा नयाँ संश्लेषण हुने छ । साथै नयाँ परिस्थिति अनुरुप पार्टीका कार्यक्रम ,कार्यदिशा ,रणनीति र कार्यनीति लाई थप स्पष्ट गरेर अहिले वर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य गर्ने छ ।
हामी भने नवौं महाधिवेशनको प्रचारका लागी देश दौरानमा छौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सांस्कृतिक महासंघ अन्तर्गत केन्द्रिय सामना परिवारले २०७९/४/२९ ललितपुर जिल्ला को लगनखेल बाट सुरु भएको सांस्कृतिक अभियान २०७९/५/२८ गते पोखरा महानगरपालिका पृथ्वी चोक सम्म आईपुग्दा करिब एक महिना हामी पुर्व र तराई जिल्लाका बस्तीहरुमा जनताको अवाज बोलिरहेका थियौं । कार्यक्रम मा ६०,००० जनता लाई प्रत्यक्ष पार्टी को निति ,कार्यक्रम आफ्नो गित संगितको मध्यमबाट सुनाएका छौं । करिब २८ वटा कार्यक्रम सम्पन्न गरेका छौं । हामी आफ्नो अवाजबाट संसदीय व्यवस्था को भन्डाफोर , राष्ट्रघात ,जनघात ,जनजिविका सवालमा आफ्नो स्वरहरु मार्फत जनता ब्युझाएका छौं । त्यसैगरी जनतालाई हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीमा जोड्न सफल भएका छौ । जे होस देश दौडानको यो महान अभियानले नवौं महाधिवेशन सफल बनाउन ठुलो भुमिका छ ।
हामी कहाँ कहाँ पुग्यौं:
१.भक्तपुर को सुर्यबिनाय चोक
२. मध्यपुर थिमी नगरपालिका वडा ४ संखधर चोक( भक्तपुर )
३. मध्यपुरनगर पालिका वडा नम्बर ३ गठा घर( भक्तपुर )
४. ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुमा
५.ललितपुर महानगरपालिका वडा नं.१२ लगनखेल
६.बुनपा १० वालुवा खानी (काठमाडौ )
७. नयाँ बसपार्क (काठमाडौ )
८. काठमाडौ महानगर पालिका वडा नं. १७ ठइटि चोक (काठमाडौंमा )
९.बनेपा नगरपालिका वडा नं. ८ दोएपाटो (काभ्रे )
१०.भिनपा वडा नं.६ चरिकोट ,दोलखा
११. देवकोटा चोक( रामेछाप )
१४. कमलामाई नगरपालिका वडा नम्बर ६( सिन्धुली )
१५. त्रि.न.पा – ११ पिपल चोक गाईघाट (उदयपुर )
१६. इटहरी बजारमा (सुनसरी )
१७. भद्रपुर नगरपालिका चन्द्रगढी (झापा )
१८.सु.न .पा १० फिक्कल (ईलाम)
१९. इलाम बजार ( ईलाम )
२० . लहान बजार ( सिराहा )
२१. जनकपुरधाम ( धनुषा )
२२. वर्दिवास बजार (मोहत्तरि)
२३. लालबन्दी बजार ( सर्लाही )
२४. चन्द्रपुर बजार ( रौतहट )
२५ . बिरगंज को घन्टाघर ( पर्सा )
२६. हेटौंडा बुद्ध चोक ( मकवानपुर )
२७. भरतपुर ( चितवन)
२८ . पोखरा बजार पृथ्वी चोक (कास्की )
पार्टीको केन्द्रिय समिति ले तय गरेको यो अभियान लाई जिम्मेवारी सहित पुरा गरेका छौं ।
नवौं महाधिवेशनका लागि सामना सांस्कृतिक अभियान २०७९(फोटोफिचर)
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.