जनपत्रकार संगठनद्वारा पत्रकार महासंघलाई दुई बुँदामा ध्यानाकर्षण

डेली न्युजराप्ती       ५ आश्विन २०७९ १७:३५ मा प्रकाशित     231 No Comments

काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघलाई दुई बुँदामा ध्यानाकर्षण गराएको छ ।

मंगलबार तिलगंगा स्थित नेपाल पत्रकार महासंघको कार्यालयमै पुगि जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर बिश्वक्रर्मा नेतृत्वको टिमले महासंघका अध्यक्ष विपुल पोखरेल लगायतको पदाधिकारीलाई भेटि महासंघका सदस्यहरुको सुद्धिकरण गरि सवै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवारी हुदै पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रुपमा सदस्यता उपलब्ध गराउन मुख्य दुई बुँदामा ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष बिश्वक्रर्माले केन्द्र, प्रदेश र स्थानिय सरकारवाट प्राप्त हुने विज्ञापनहरुको महासंघले समानुपातिक वितरण प्राणालीको अवलम्बन गरी सवै मिडियाहरुले पाउने वातावरण बनाउनमा महासंघको ध्यानाकर्षण गराउदै पत्रकारहरुको क्षमता बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न महासंघलाई आग्रह गरे ।

मागहरु बारे आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष पोखरेलले मागहरू प्रति सहमत जनाउदै अब बस्ने केन्द्रिय समितिको बैठकमा छलफल गरिने आश्वसन दिए । अध्यक्ष पोखरेलले भने “तपाईको संगठनले जस्तै अन्य संगठनले यस्ता विषयमा आवज उठाई दिए आफुलाई पनि काम गर्न सजिलो हुने थियो, त्यसैले अन्य संगठनलाई पनि सहयो गर्न आग्रह गर्छु ।”

स्मरण रहोस् जनपत्रकार संगठन नेपालले पत्रकार हकहित र महासंघ सुधारका विभिन्न ६ बुँदे माग सहितको ज्ञापनपत्र बुझाई महासंघ लाई यस अघि ध्यानाकर्षण गराएको थियो । जनपत्रकार संगठन नेपालले यी मागहरुलाई तदारुकता साथ कार्यान्वयन नगरे दसैं तिहार पछि थप संघर्ष गर्न बाध्य हुने बताएकाे छ ।

भेटघाट कार्यक्रममा जनपत्रकार संगठन नेपालका महासचिव आलेक लिम्बु, सचिवालय सदस्य शोबराज बराल, शाहस भट्ट, कर्ण बिश्वक्रर्मा, केन्द्रिय सदस्य कमल बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार